यस्तो छ पछिल्लो २४ घण्टाको प्रदेश १ को कोरोना अपडेट

प्रदेश १ मा हालसम्म ७४ हजार ९ सय दुईजना कोरोना संक्रमिर पुष्टि भएका छन् । प्रदेश १ अन्तर्गतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड संक्रमणबाट प्रदेश १ भर हालसम्म १ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ । संक्रमित हुनेमा ४४ हजार तीन सय ९६ जना पुरुष रहेका छन् भने ३० हजार पाँच सय ६ जना महिला संक्रमित भएका छन् ।

हालसम्म ३ लाख ४९ हजार ६ सय एक जनाको कोरोना संक्रमित को परिक्षण गरिएकोमा ७४ हजार बढी संक्रमित भएका हुन् । प्रदेश १ भर हाल ५ हजार ५ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश १ मा सर्वाधिक मोरङ जिल्लामा ४४ हजार ५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट आज प्रदेश १ मा जम्मा १७ जनाको मृत्यु भएको छ भने आज थप ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सर्वाधिक मोरङ जिल्लामा १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमणको ग्राफ निरन्तर ओरालो देखिएता पनि प्रदेश १ मा भने कोरोना संक्रमितको संख्या र ग्राफ उल्लेख्य रुपमा घट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस