प्रदेश १ मा कांग्रेश महाधिवेशनको सरगर्मी , यी हुन् प्रदेश सभापतिका आकांक्षी

प्रदेश १ मा संस्थापनपक्षले अमृत अर्याललाई प्रदेश सभापतिमा उठाउन खोजेको छ। सभापति शेरबहादुर देउवा निकट केन्द्रीय नेता भीष्मराज आङ्देम्बेलाई प्रदेश सभापति बनाउन संस्थापनपक्षले खोजेको थियो। उनले जनजातिबाट केन्द्रमा सहमहामन्त्री घोषणा गरिसकेकाले प्रदेश १ मा देउवापक्षको सभापतिमा मोरङका अमृत अर्याललाई उठाउने तयारी गरिएको छ। उनी मनोनित केन्द्रीय सदस्यसमेत हुन्। केन्द्रीय सदस्यमा पराजित उनलाई देउवाले मनोनयन गरेका थिए।

संस्थापनइतरमा प्रदेश १ को सभापतिको उम्मेदवार चयन गर्न नेता कृष्णप्रसाद सिटौला र डा शेखर कोइराला हाबी हुने भएका छन्। शेखरले प्रदेश सभाका संसदीय दलका नेता राजीव कोइरालालाई प्रदेश सभापतिमा अघि सारेका छन्।

सुनसरीमा जिल्ला सभापतिको उनको कार्यकाल यसपटकदेखि सकिँदैछ। सिटौलाले झापाका सुधीरकुमार शिवाकोटीलाई प्रदेश सभापति बनाउन खोजेका छन्। प्रदेश १ को सभापतिको प्रत्यासी सिटौला र शेखरकै सहमतिले निर्धारण हुने देखिएको छ।

झापा, मोरङ र सुनसरीका महाधिवेशन प्रतिनिधि धेरै हुने गर्दछन्। त्यसै स्थानबाट प्रदेश सभापतिको उम्मेदवार बनाउनु पर्ने नैतिक दबाब दुबै समूहलाई छ।

प्रतिक्रिया दिनुहोस