पाकिस्तानमा आतंकवादी लडाकुको आक्रमणमा एक सैनिकको मृत्यु

बलोचिस्तान । पाकिस्तानको बलोचिस्तान प्रान्तमा फ्रन्टिअर कोर्प बलोचिस्तानका एक सैनिकको आतंकवादी हमलामा परि ज्यान गएको छ ।बलोचिस्तानको होशब जिल्लामा आतंकवादी लडाकुको आक्रमणमा फ्रन्टिअर कोर्प बलोचिस्तानमा कार्यरत एक सेनाको ज्यान गएको छ ।

आतंकवादी आक्रमणमा सेना किफायत उल्लाहको ज्यान गएको पाकिस्तान शसस्त्र बलको मिडिया तथा पब्लिक रिलेसन निकाय आइएसपीआरले जनाएको छ । आक्रमकारी आतंकवादीमाथि सेनाले कारबाही जारी राखेको छ । गत साता पनि बलोचिस्तानको सिबि क्षेत्रमा गस्तीमा रहेका सेनामाथि आतंकवादी लडाकुहरुले हमला गर्दा पाँच सैनिकहरुको ज्यान गएको थियो ।

पाकिस्तानको अफ्गानिस्तान र इरानसँगको सीमाक्षेत्र सुरक्षाका लागि बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रान्तहरुमा फ्रन्टिअर कोर्प बलोचिस्तान सेना खटाईएको छ । पाकिस्तानमा यो बर्ष २०२१ को पहिलो चार महिनामा मात्रै विभिन्न हिंसात्मक घटनाहरुमा परि करिब दुई सय जनाले ज्यान गुमाएका छन् । ती मध्ये ७० प्रतिशत ज्यान गुमाएकाहरु खेबर पख्तुन्ख्वा र बलोचिस्तान प्रान्तका रहेका छन् । स्रोत लेटेस्ट्ली

प्रतिक्रिया दिनुहोस