बालकोट जानुअघि प्रधानमन्त्री ओलिले देशबासीको नाममा संवोधन गर्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसला सँगै संसद् पुर्नस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा संवोधन गर्दै बालुवाटार छाड्ने भएका छन् । सर्वोच्च अदालतको फैसला सिरोपर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीको नाममा संवोधन गर्ने र बालुवाटार छाड्ने बालुवाटार निकट स्रोतले जानकारी दिएलको छ ।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् । उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय भने भइसकेको छैन ।

यो पनि पढ्नुहोस्

संसद् पुर्नस्थापना साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय सहित हिजो सर्वोच्चले दिएको फैसला पछि नयाँ बन्ने मन्त्रीमण्डलमा क-कसले मन्त्रालय पाउने भनेर चर्चा बढेको छ । यसै क्रममा नयाँ मन्त्रीमण्डल निर्माण गर्नका लागि कांग्रेस भित्र छलफल पनि शुरु भएको छ । आज बेलुक शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डल बनाउने भनेर हिजो बिपक्षी गठबन्धनको छलफलले सहमति निकालेको छ । कांग्रेस निकट स्रोतका अनुसार कांग्रेस माओवादीका दुई दुई मन्त्री र जसपा र राष्ट्रिय जनमोर्चा पनि सरकारमा आए १ १ जना मन्त्री बनाउने तयारी छ ।

कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् । कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस