आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

काठमाडौं । अब घरमै बसेर मोबाइलको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आईडेन्टिटी (आईएमईआई) दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि आईएमईआई अनलाइन दर्ता प्रणाली शुरु गरेसँगै यो सुविधा उपलब्ध भएको हो ।

यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था गर्दै आएको थियो । मंगलबारदेखि प्राधिकरणले परिक्षणको रुपमा अनलाइन वा पत्रमार्फत दूवै माध्यमबाट दर्ता गर्न सकिने प्रावधान लागू गरेको हो ।

केही समयका लागि दुबै प्रणाली लागु गरिएपनि ३ महिनापछी भने अनलाइनमार्फत मात्र दर्ता हुने व्यवस्था गराउने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

मोबाइल सेट वा डिभाइसको आईएमईआइ प्राधिकरणको वेवसाइड इआइआर डट एनटिए टड जिओभी डट एनपीमा लगइन गरि दर्ता गर्न सकिन्छ ।

नेपालमा हालसम्म डेढ करोड मोबाइलका आईएमईआई नम्बर दर्ता भएको छ । आईएमईआई सुरु भएको २० महिनामा १ करोड ६९ लाख भन्दा बढी आईएमईआई दर्ता भएकोे हो । यसमध्य व्यक्तिगत तर्फका ४ हजार ५ सय ७६ र बाँकी व्यवसायीक तर्फ दर्ता भएका छन् । प्राधिकरणले अघिल्लो बैशादेखि मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यसहित आईएमईआई दर्ता शुरु गरेको हो ।

प्राधिकरणका अनुसार यो वर्ष मात्र ५२ लाखको हाराहारीमा मोबाइलको आईएमईआई नम्बर दर्ता भइसकेको छ । गतवर्ष ९९ लाख ९८ हजार आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार एउटा मोबाइल सेटमा २ ओटासम्म आईएमईआई नम्बर हुन्छ । यसरी हेर्दा हालसम्म करिब ७० हजार मोबाइल सेटमा आईएमईआई नम्बर दर्ता भएका छन् ।

प्राधिकरणले आईएमईआईको अनलाइन दर्ता पनि शुरु गर्ने भएको छ । त्यसका लागि वेब बेस अनलाइन रजिष्टे«शन सिस्टम तयार भइसकेको उनले जानकारी दिए । ‘सिस्टमको परिक्षण पनि भइसक्यो, अव भन्सारका कर्मचारी तथा मोव्बाइल आयातकर्तालाई राखेर तालीम दिएपछी काम शुरु गर्ने छौं ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस