ओली र माधव पक्षका नेताहरु बैठक बस्दै

काठमाडौं । पार्टी एकताको प्रयास गर्दै आज पनि नेकपा एमालेका दुई गुट माधव नेपाल र ओली पक्षका नेताहरु छलफलमा बस्दै छन् । ऋ

शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने स्रोतले बताएको छ । एमालेमा एकातर्फ केपी ओली र माधव नेपाल बीच कटाक्ष चलिरहे पनि अन्य नेताहरु भने पार्टीको विवाद मिलाउन लागि परेका छन् ।

दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो। आज बस्ने भनिएको बैठकले केहि सकरात्मक समाचार दिने नेताहरु बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका मन्त्री छन् ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस