संसद् अधिवेशन आजबाट सुरु हुँदै

सर्बोच्च अदालतले संसद् पुर्नस्थापना गरेपछी आजबाट प्रतिनिधी सभाको संसद् अधिवेशन चल्दै छ । आज बाट चल्ने अधिवेशनको एजेण्डा पनि लगभग तय भएको संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि संसद् अधिवेशन चल्ने भएपछी सम्पूर्ण सांसद्हरुको कोरोना परिक्षण र खोपको लगाउने काम सकिसकेको छ। यसअघि गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विधादेवी भण्डारीद्वारा संसद् बिघटन गरेकी थिईन् । त्यसपछी अघिल्लो साता सर्वोच्चले बिघटीत संसद् पुर्नस्थापना सहितको फैसाला सुनाएपछी तत्काल संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो ।

साथै नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा नै बस्ने भनिएको बैठकमा सहमतिको सरकारलाई कसरी मूर्त रुप दिने भन्ने लगायतका बिषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस