देउवाले विश्वासको मत पाउने करिब निश्वित

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाइ विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

एमाले माधव गुटका सांसद्हरुले देउवालाई विश्वासको मत दिने भनिरहदा नेकपा एमालेको केपी ओली पक्ष भने एमाले एकिकरणको पहल गरिरहेका छन् । सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस