को को छन् नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट मन्त्रीको लाईनमा ?

गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।

कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने तयारी छ । भुषाल कांग्रेसकी सचेतक पनि हुन् ।
संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने सम्भावना देखिएको छ । पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ। कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने बताइन्छ ।

संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ। एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना बढी छ।’केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई असार २९ गते नै संस्थापन इतर पक्षले सरकारमा पठाउन खोजे पनि अन्तिम समयमा उनि सरकारमा आटेका थिएनन् । यसबाहेक मन्त्रीबन्ने लहरमा कांग्रेस नेता गगन थापाको पनि नाम रहेको छ ।उनलाई स्वास्थ मन्त्रालय दिने भनेर गत असार २९ गते पनि हल्ला चलेको थियो । अझ पनि गगन थापाले मन्त्रालय पाउन सक्ने सम्भावना रहेको छ ।

मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेको स्रोतको दाबी छ। पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी छ। गठबन्धनका अन्य दलहरुलाई पनि मन्त्री छान्न सकस परेको छ । कांग्रेसमा संस्थापन इतर पक्षका नेताहरुलाई सरकारमा आफ्नो अर्थपूर्ण सहभागिता नपाएको भन्दै गुनासो पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस