भीम रावलले राजिनामा फिर्ता लिँदै

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने भनेर संसद सचिवालयमा बुझाएको पत्र फिर्ता लिने भएका छन्। यसअघि एमाले विवाद मिलाउन लागिपरेका नेता रावलले प्रतिनिधी सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन आफ्नो राजिनामा दिएका थिए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए । १० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।

यो पनि पढ्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस