महाराष्ट्र बाढी वितण्डता १ सय ४९ को मृत्यु

भारतकाे महाराष्ट्रमा बाढीपहिराेमा परी १ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने ६४ जना बेपत्ता छन् । बाढी र पहिराेबाट जसाेतसाे उम्किएका ५० जना घाइते छन् । लगातारको बर्षा पछि भारतको महाराष्ट्रमा बाढीले वितण्डता नै देखाएको छ । भारतिय सञ्चार माध्यमले दिएको जानकारी अनुसार भारतको महाराष्ट्र प्रदेश सरकारले हालसम्म २ लाख ३० हजार मानिसलाई शुरक्षित स्थानमा सारेको छ ।

मूसलधारे वर्षापछि रायगढका तीन ठाउँमा गएकाे पहिराेबाट अहिलेसम्म ६० वटा शव निकालिएकाे छ । उता सतारामा ४१, ठाणेमा १२, काेल्हापुरमा ७, सिन्धुदुर्ग र पूनेमा दुई/दुई र मुम्बईमा ४ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ठाणे, पालघर, रायगढ, रत्नागिरी, सांगली, सतारा, कोल्हापुर र सिन्धुदुर्गमा बाढी कम भएकाे छ । सांगलीमा बाढीका कारण साढे १७ हजार कुखुरा मरेका छन् । यसैगरी सूबेमा ३ हजार ३ सय ४८ चाैपाया बगेका छन् । सतारामा ३ हजार ४१ पशु मरेका छन् ।

प्रतिक्रिया दिनुहोस