अमेरिकाबाट पिएचडी गरेर नेपाल फर्किए,नेपालमा फलाउँदै छन् मीठो स्ट्रबेरी

काठमाडौँ,साउन १० -कृषि विज्ञ डा. राजेन्द्र गौतम भने विगत तीन वर्षदेखि स्ट्रबेरी उत्पादनको अनुसन्धानमा लागेका छन्। अमेरिकाको विश्वविद्यालयबाट कृषिमा विद्यावारिधि (पिएचडी) गरेका राजेन्द्र नेपालमा स्ट्रबेरीको राम्रो सम्भावना देख्छन्। उनले भक्तपुर, ललितपुर, विराटनगर र चितवनमा स्ट्रबेरी खेतीसँगै अनुसन्धान पनि गरिरहेका छन्।

राजेन्द्रले विशेषगरी उत्पादनको परिमाण कसरी बढाउन सकिन्छ अध्ययन गरिरहेका छन्। स्ट्रबेरी अनुसन्धानमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल्स साइन्स (आइएएस) र एग्रिकल्चर एन्ड फरेस्ट्री युनिभर्सिटी (एफओ) रामपुर, चितवनले सघाएको छ।उत्पादन गरेर व्यापारमा मात्रै होइन, हामीले अनुसन्धानमा पनि जोड दिनुपर्छ,’ उनी भन्छन्।

‘सात वटा ड्याङमा फरक-फरक जातका स्ट्रबेरी लगाइएको छ। त्यसपछि फेरि त्यही क्रम दोहोरिँदै जान्छ,’ उनले खेतीको तरिकाबारे जानकारी दिए।यसरी अनुसन्धान गर्दा कुन ठाउँमा कुन जात उपयुक्त र कस्तो हावापानीमा कुन जातको स्वाद मिठो आउँछ भन्ने पत्ता लगाउन सकिन्छ।

त्यस्तै स्ट्रबेरीमा कस्ता रोग-कीरा लाग्छन् र यसका समाधानबारे अनुसन्धान केन्द्रित छ। बेसार, अदुवा तथा विभिन्न प्रकारका झारको रस प्रयोग गरेर रोग-कीरा नियन्त्रण गर्न सकिने उनीहरूले निष्कर्ष निकालेका छन्।’कुनै ठूलो रोग देखियो भने त्यसलाई कसरी वातावरण मैत्री तरिकाले नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ,’ उनले भने।

कृषि अनुसन्धानमा लाग्ने मोह राजेन्द्रलाई अमेरिका बस्दादेखि नै पलाएको हो। पढाइ र कामको सिलसिलामा उनी सात वर्ष अमेरिका बसे। त्यहाँ उनी विश्वविद्यालयमा कृषि अनुसन्धानको काम गर्थे। सोचअनुसार चार वर्षअघि उनी सपरिवार नेपाल आए। तुरून्तै, उच्च मूल्य पर्ने बालीको अध्ययन-अनुसन्धान गर्ने उद्देश्यले ‘समृद्धि कृषि अनुसन्धान तथा विकास प्रालि’ नामक कम्पनी दर्ता गरे।

स्ट्रबेरी गर्मी ठाउँमा उत्पादन हुँदैन भन्ने सुनेका राजेन्द्रले परीक्षणका लागि चितवनमा केही जग्गा भाडा लिएर खेती गरे। अहिले त्यहाँ स्ट्रबेरी मजाले फलेको देख्दा वरिपरिका किसान समेत उत्साहित भएको उनी बताउँछन्।

आउने दिनहरुमा बिरूवा उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना बनाएका छन् उनले। काभ्रेमा ठूलो फार्म पनि सुरू गर्दै छन्। त्यसमा ब्लुबेरी, रास्पबेरी र ब्ल्याकबेरीको अनुसन्धान गरिने उनले बताए, ‘अब हामी चाँडै ती बाली लगाएर अनुसन्धान थाल्छौं। बिरूवा आयात प्रक्रिया अघि बढिसक्यो

प्रतिक्रिया दिनुहोस