मौनी रोयले शेयर गर्नेबित्तकै किन डिलिट गरिन् यी तस्वीर ?

काठमाडौं । हिन्दी टेलिश्रृंखला ‘नागिन’ बाट चर्चामा आएकी बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानका लागि बोल्ड तस्वीरहरु पनि सेयर गरिरहेकी हुन्छिन् । सेयर गरेका तस्वीरहरु प्रायः डिलिट नगर्ने मौनीले यो पटक भने सेयर गरेका केही बोल्ड तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेको केही समयमै डिलिट गरेकी छिन् ।

माल्दिभ्समा छुट्टी मनाइरहेकी मौनीले मंगलबार यी बाेल्ड तस्वीरहरु शेयर गरेकी थिइन् । उनले गुलाबी बिकिनिमा खिचेका यी फोटोहरु शेयर गरेको केही समयमै डिलिट गरेकि हुन् । उनले अचानक फोटोहरु किन डिलिट गरिन् भन्ने स्पष्ट छैन । तर, शेयर गरेको केही समयमै भाइरल भएकाले यी फोटोहरु उनको नामबाट बनेका फ्यान पेजहरुमा देख्न सकिन्छ ।

मौनीको अब ब्रह्मास्त्र फिल्म आउँदैछ । टेलिभिजनको पर्दामा देखिँदै आएकी मौनी करण जौहरको नयाँ चलचित्र ‘ब्रह्मास्त्रुमा अनुबन्धित भइसकेकी छिन् । चलचित्रको सुटिङ पनि प्राय सकिसकेको छ । चलचित्रको मुख्य भूमिकामा सुपरस्टार रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चन छन् । ४ डिसेम्बर २०२० रिलिज हुने भनिएको चलचित्र कोभिडका कारण सरेको हो ।  चलचित्र प्रदर्शनको तयारीमा छ, नयाँ मिति भने तोकिएको छैन ।

हेराैँ माैनीले डिलिट गरेकाे तस्वीरहरु :

 

प्रतिक्रिया दिनुहोस