माओवादी केन्द्रले पदमुक्त गरेका चारजना नेताको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ । चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बिहिबार बस्ने भएको छ। बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

यो पनि पढ्नुहोस्

सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जसपाले ६ मन्त्रालय दाबी गरेको छ।

६ मन्त्रालयमा कुरा मिले बिहीबार नै सरकारमा सहभागी हुने सम्भावना रहेको नेता राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस