चीनका लागि डबल एजेन्ट रहेको आरोपमा जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट पक्राउ

म्युनिख । जर्मन गुप्तचर निकायका पूर्व एजेन्टले चीनका लागि डबल एजेन्टको काम गरेको आरोपमा पक्राउ परेका छन् । जर्मनीको गुप्तचर निकाय बीएन्डीका पूर्व एजेन्ट डा. क्लस एल् ले करिब एक दशक यता चीनमा सुचना चुहावट गरेको आरोपमा पक्राउ परेका हुन् ।

७५ बर्षीय क्लस एल् ले करिब ५० बर्ष जर्मन गुप्तचर निकाय बीएन्डीमा काम गरेका थिए । उनले विगत सन् २०१० यता चीनका लागि सुचना पठाउँदै डबल एजेन्टको काम गरेको जर्मन अधिकारीहरुले बताएका छन् । सन् २०१० मा चीनको सांघाईस्थित टोंगी विश्वविधालयमा लेक्चरका लागि पुगेका बेला उनलाई चिनियाँ गुप्तचर निकायका व्याक्तिहरुले भेटेको जर्मन अधिकारीहरुले बताएका छन् । त्यसपछि सन् २०१९ नोभेम्बर सम्म उनले चिनियाँ गुप्तचर निकायमा लगातार सुचना प्रदान गरेको बताईएको छ ।

सुचना प्रदान गरेबापत उनलाई चिनियाँ गुप्तचर निकायले रकम दिने गरेको खुलेको छ । सन् २०१९ नोभेम्बर मा जर्मन अधिकारीहरुले म्युनिखस्थित उनको निवासबाट उनको कम्युटर बरामद गरेको थियो । क्लस एल् ले चीनका लागि गुप्तचरी गरेको र बीएन्डीबारे सुचना चुहाएको स्वीकार गरेको बताईएको छ । इटालीबाट म्युनिख फर्किरहेको बेला उनलाई जर्मन अधिकारीहरुले पक्राउ गरेका छन् । स्रोत न्यू योर्क पोष्ट

प्रतिक्रिया दिनुहोस