सम्बन्ध टिकाउन भाग्य होइन असल व्यवहारको आवश्यकता पर्छ

१)एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।

२) नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छन् ।

३) जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी यो पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।

४) गाली आकाशमा फालिएको एउटा ढुंगा जस्तै हो जुन फेरी फर्किएर आफै माथी आउछ ।

५) कहिले काही हामी कसैको लागि यति जरुरि पनि हुदैनौ, जति हामी सोच्ने गर्छौ, त्यसैले जहाँ तिम्रो एकदम खाचो छ त्यहि मात्र आफ्नो उपस्थिति दिनु नत्र हरेकले तिमीलाई मजाकमा उडाउने छन् ।

६) मान्छेले तपाई संग होइन, तपाईको परिस्थिति संग हात मिलाउने गर्छ, त्यसैले अरुलाई दोष नदिनु, आफ्नो परिस्थिति सुधार्ने कोसिस गर्नु ।

७) घमण्ड रक्सि भन्दा ठुलो नशा हो, किनकि रक्सीले तिम्रो शरीरलाई मात्र हानी गर्छ तर घमण्डले त तिम्रो अस्तित्वलाईनै मेटाई दिन्छ ।

८) हातको रेखालाई हेरेर भाग्यमा बिश्वास नगर्नुस किनको भाग्य त हात नहुनेहरूको पनि हुने गर्दछ ।

९) कोहि मान्छे यति धनि पनि कहिल्यै बन्न सक्दैन, जसले आफ्नो बितेका पललाई किन्न सकोस र कोहि मान्छे यति गरिब पनि कहिल्यै हुदैन कि उसले आफ्नो भविष्यलाई बदल्न नसकोस् ।

१०) जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु, बरु तपाई आफै राम्रो बन्ने कोशिस गर्नु, सायद तपईलाई पाएर कसैको खोज पो पुरा हुन्छ कि ।

११) दुनियाले यो हेर्दैन कि पहिला तिमी के थियौ, दुनियाले त यो हेर्ने गर्छ कि आज तिमी के छौ ।

१२) सम्बन्ध जतिनै खराब किन नहोस, त्यसलाई तोड्ने नगर्नु किनकि पानी जतिनै धमिलो भए पनि त्यसले प्यास त नबुझाउला तर आगो अवश्य बुझाउने छ ।

१३) मान्छेबाट भुल हुनु प्रकृति हो, त्यसलाई स्विकार्नु संस्कृति हो र त्यसमा सुधार गर्नु प्रगती हो ।

१४) मान्छेको समाज पनि अचम्मको छ, आफुलाई जनावर संग तुलना गर्न मान्दैन तर कुकुर भन्दा मन दुखाउने र सिंह भन्दा खुशी हुने गर्छ ।

१५) प्रेमको सम्बन्ध हात र आखाको जस्तै हुनुपर्छ, जब हातलाई चोट लाग्छ तब आखाले आँशु झारी दिन्छ र जब आखाले आँशु झार्छ तब हातले पुसिदिन्छ ।

१६) सम्बन्ध टिकाउन भाग्य होइन असल व्यवहारको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस