आमा बुवानै गुमाएपछि किरिया बसेका तीन छोरीलाई अब भविष्यको चिन्ता, पढाई कसरी अघि बढाउने-साँझ विहान के खाने

काठमाडौ । पित्रिसतात्मक हाम्रो समाजमा छोराको चाहना राख्ने अभिभावकको संख्या धेरै छ । छोराकै चाहनामा दर्जनौ सन्तान जन्माएका घटना पनि हामीले देखेका छौं । तर अहिले समाज विस्तारै परिवर्तन हुन थालेको छ । हिन्दु धर्ममा मृत्युपछिको कर्मका लागि छोरा अनिवार्य चाहिने पुरातन मान्यताका कारण पनि अभिभावकले छोराको महत्व राख्ने गरेको पाइन्छ ।

तर अहिले समाजमा छोरीहरु पनि आफ्ना बुवाआमाको अन्तिम संस्कार गरेका धेरै उदाहरण देखिएका छन् । गोरखा नगरपालिका वडा नं ४ पन्थेस्वारामा ३ जना छोरीले आफ्नो बावुको काजकिरिया गरेका छन । गत साउन ८ गते टोपमान सिर्मलको निधन भएपछि छोरीहरुले सन्तानको धर्म निभाएका हुन् । उनीहरु सेतो लुगा लगाएर आफ्नो बुवाको अन्तिम संस्कारमा सहभागी भएका हुने ।

सिर्मलका तीन छोरी अन्जु, अन्जली र अन्जना सिर्मलले अन्तिम संस्कार कर्म गरेका हुन् । उनीहरुका आमा किरण सिर्मलले २०७१ साउन ३ गते पहिरोमा परेर ज्यान गुमाएकी थिइन । अहिले बावुको पनि मृत्यु भए पछि उनीहरु सहारा बिहीन बनेका छन । जेठी अन्जु स्नातक ,माइली अन्जुली कक्षा ११ र कान्छी अन्जना सिर्मल कक्षा १० पढ्छिन ।

आमा बुवा दुवै गुमाएका यि किशोरीहरुको अबको भविष्य भने अन्यौल बनेको छ । पढ्दै गरेका उनीहरुले त्यसका लागि अब कसरी खर्च जुटाउने समस्या छ भने दैनिक गुजाराका लागि पनि आम्दानीको बाटो छैन ।

प्रतिक्रिया दिनुहोस