अभिनेत्री गरिमा पन्तलाई पुत्री लाभ, फेसबुकमा बधाईको ओइरो

नेपाली चलचित्र उद्योगमा यति बेला अभिनेत्रीहरू गर्भवती हुने लहर चलेको छ ।अभिनेत्री रक्षा श्रेष्ठले छोरी केही महिना अघि जन्माइन भने हालै अभिनेत्री गरिमा पन्तले पनि छोरी जन्माएकी छिन् ।

नेपाली चलचित्र उद्योगबाट बिरानो बनेकी पन्त लामो समयदेखि अमेरिका श्रीमान् सहित छिन् ।केही महिनाअघि आफू गर्भवती भएको ईन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी थिइन् ।

त्यसपश्चात् उनले सार्वजनिक गरेका हरेक तस्बिरले चर्चा पाइरहेको थियो ।मङ्गलवार आफ्नो अफिसियल ईन्स्टाग्राममा आगन्तुक छोरीको फोटो पोस्ट्याउदै गरिमाले खुसी व्यक्त गरेकी छिन् ।

तस्बिर मा श्रीमान् सहित नव आगन्तुक छोरी सँग छिन् ।उनले तस्बिर सङ्गै लेखेकी छन्-‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ ।छोरी प्रीषा , तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।छोरीको नाम प्रीषा राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस