५१ वर्ष पहिले हराएको पर्स पुलिसले त्यसका मालिकलाई सुरक्षित फिर्ता दियो

काठमाडौं। अमेरिकाको कन्सासमा इमान्दारीको उच्चतम नमूना देखिएको छ । ५१ वर्ष पहिले सन् १९७० मा हराएको एउटा पर्स पुलिसले त्यसका वास्तविक मालिकलाई फिर्ता दिएको छ । ग्रेट बेन्ड पुलिस डिपार्टमेन्टले एक फेसबुक पोस्टमा बताएअनुसार हालै एक नागरिकले पुलिस विभागलाई उक्त पर्स दिएका थिए ।

यो पर्समा अधिकारीहरुले एउटा सामाजिक सुरक्षा कार्ड, ड्राइभिङ लाइसेन्ससहित कैयौं कुराहरु फेला पारेका थिए । यद्यपि त्यहाँ भेटिएको ड्राइभिङ लाइसेन्सको समय सीमा भने १९७४ मै समाप्त भइसकेको थियो । विभागका अनुसार अधिकारीहरु त्यो पर्सका मालिकसँग सम्पर्क गर्न सफल भए । ती व्यक्ति अहिले लरेन्स कानमा बस्छन् ।

पर्स पाएपछि त्यसका मालिकले खुसी हुँदै पुलिसलाई आफूले १९७० को दशकको सुरुवातमा पर्स हराएको बताएका छन् । रिपोर्टका अनुसार ती व्यक्तिले ५० वर्ष पहिले हराएको आफ्नो पर्स भेटिएको सूचना पाउँदा उनको खुसीको सीमा रहेन । ती व्यक्तिका अनुसार यो पर्स उनले आफनै हातले बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस