‘द कपिल शर्मा शो’ को रिलिज मिति तोकियो, को को देखिँदैछन् शो मा ?

एजेन्सी । भारतीय चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को रिलिज मिति तोकिएको छ । शो को नयाँ प्रोमो समेत सार्वजनिक भइसकेको छ । कपिल शर्माले शो को नयाँ प्रोमो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । प्रोमो भिडियो सेयर गर्दै कपिलले यही अगस्ट २१ बाट हरेक शनिबार र आइतबार ९:३० बजेदेखि प्रशारण हुने जानकारी गराएका छन् । शोमा अर्चन पुरण र सुदेश लहिरी पनि देखिने भएका छन् । कृष्णा र सुदेशको जोडी देख्न सकिनेछ ।

दर्शकले कमेडियन कपिल शर्माको लाेकप्रिय शो भारतीय टेलिभिजन शो सोनीमार्फत् हेर्न पाउनेछन् । नयाँ सिजनको ग्राण्ड ओपनिङमा पाहुनाको रुपमा अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् । धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् । यो पटक कपिलको शो मा लाइभ अडियन्सको पनि इन्ट्री हुने भएको छ । भ्याक्सिन लगाएकाले मात्रै लाइभ शो मा इन्ट्रि पाउनेछन् । कपिलले हालै सामाजिक सञ्जालमा शोको सेटका केही तस्बिर शेयर गरेका छन् । जसमा १० स्टार किराना पसल, होटल चिल प्यालेस र बैंक आफ बगोडा जस्ता बिषय सेटमा समेटिएको देख्न सकिन्छ ।

यो शो मा सहभागी कलाकारहरुले १० देखि ५० लाखसम्म पारिश्रमिक लिने गरेका छन् । यसअघिका सिजनहरुमा कपिलले एक समयमा एक एपिसोडवापत ३० देखि ३५ लाख पारिश्रमिक लिन्थे । अहिले उनले आफ्नो पारिश्रमिक बढाएर प्रति एपिसोड ५० लाख बढी पुर्याएका छन् । यस्तै अर्चना पुरण सिंहको प्रति एपिसोड पारिश्रमिक १० लाख रुपैँयाँ छ । अर्का कलाकार कृष्णा अभिषेक एक एपिसोडका लागि १० देखि १२ लाखसम्म पारिश्रमिक लिन्छन् ।

किकू शारदा सुरुवाती समयदेखि नै यो शोको हिस्सा हुन् । समयसँगै उनले आफ्नो भूमिकामा निकै परिवर्तन गरेका छन् । उनी कपिलको एकदमै नजिकमध्येमा पर्छन् । उनी यो शोमा काम गर्दा प्रति एपिसोड ५ लाख रुपैँयाँ लिन्छन् ।

यो शोको अर्को महत्वपूर्ण सदस्य भारती सिंह पनि हुन् । उनी शोको प्रति एपिसोड १० देखि १२ लाख रुपैँयाँ पारिश्रमिक लिन्छिन् । यो शोको प्रमुख अभिनेत्रीमा सुमोना चक्रवर्ती पनि पर्छिन् । सुमोना एक शोबाट ६ देखि ७ लाख रुपैंयाँ पाउछिन् । यस्तै चन्दन प्रभाकर प्रति एपिसोड ७ लाख रुपैंयाँ पारिश्रमिक बुझ्छन् ।

प्रतिक्रिया दिनुहोस