शरीरको यी भाग फर्फराए हुन्छ धन लाभ !

काठमाडौं । सामुद्रीक शास्त्र अनुसार शरीरको अंग फर्फराउँदा यसलाई भविष्यका सम्भावित घटनाको संकेतका रुपमा लिने गरिन्छ । यस्ता संकेत कुनै राम्रा र कुनै नराम्रा हुने गर्दछन् । हेरौँ कुन अंग फर्फराउँदा कस्तो संकत मिल्छः

यदी तपाईको टाउकोको भाग फर्फराएको छ भने समुन्द्र शास्त्र अनुसार यसले घरजग्गा लाभ प्राप्त गर्ने संकेत गर्दछ । साथै सफल हुने सम्भावना मानिन्छ ।  यदी तपाईको हात फर्फराएको छ भने खुसी हुनुहोस्, तपाईले चाँडै धन प्राप्त गर्ने योग बनेको छ । समुद्र शास्त्र अनुसार हात फर्फराउनु शुभ संकेत हो । सामुद्रीक शास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो । अर्थात् तपाईं चाँडै संर्घषशील कार्यमा विजयी रहनु हुनेछ । यदि तपाईंको निधार फर्फराएको छ भने जागिरमा प्रमोशन प्राप्त हुने वा मानसम्मान प्राप्त गर्ने समय आएको छ । यो स्थान परिवर्तनको समेत सूचक हो ।

यस्ताे हुन्छ चिउँडोमा डिम्पल हुने महिलाकाे स्वभाव
एजेन्सी । डिम्पल कमै मानिसको मात्रै हुन्छ । डिम्पल हुने महिलाहरु निकै आकर्षक देखिन्छन् । उनीहरुको हाँसोमा जो कोही पनि फिदा हुन्छन् । एउटा भनाई नै छ कि महिलाको चरित्र स्वयम् भगवानले पनि बुझ्न सक्दैनन् । गाला र चिउँडोमा भएका डिम्पलले महिला र पुरुषका स्वभावहरु बताउने पनि चर्चा गरिन्छ ज्योतिष विज्ञानमा ।

यदि तपाईं पनि आफ्नो कुनै महिला मित्रको बारेमा केहि जान्न चाहनुहुन्छ भने तिनीहरूको शरीरको यी ३ भागहरूबाट जान्न सक्नुहुनेछ।

चिउँडो : चिउँडोमा डिम्पल हुने महिलाहरु निकै खुसमिजास र वफादार स्वभावका हुन्छन् । यस्ता महिलाहरू निकै दयालु हुन्छन् । जबकि, महिलाहरु जसको चिउँडो गोलाकार छ उनीहरुलाई निकै भाग्यशाली मानिन्छ । लामो चिउँडो भएका महिलाहरू छिटै सांसारिक सुखहरूमा आकर्षित हुन्छन् । त्यसैले उनीहरु चरित्रहीन महिलाहरूमा गनिन्छन् ।

ओठ : महिलाको अनुहारको सबैभन्दा आकर्षक अंग हो उनको ओठ। तपाईं कुनै पनि महिलाको ओठमा हेरेर उनको स्वभाव र व्यक्तित्वका बारे पत्ता लगाउन सक्नुहुन्छ । रातो, पातलो, चिल्लो र राम्रो आकारको ओठ भएका महिलाहरू निकै आकर्षक र समझदार हुन्छन् र आफ्नो पतिको अत्यन्त माया प्राप्त गर्छन् । त्यस्ता महिलाहरुको वैवाहिक जीवन एकदम राम्रो हुन्छ। अर्कोतर्फ, यदि महिला जसको तल्लो ओठ बाक्लो र कालो हुन्छ, उनीहरुको वैवाहिक जीवन सुखमय हुँदैन ।

आँखे भौं : व्यवस्थित धनुष-आकारको आँखे भौं भएका महिलाहरूलाई सुन्दर र चरित्रवान महिलाहरूमा गणना गरिन्छ । जबकि यसको विपरित सीधा लामो र बाक्लो टुक्रिएको आँखे भौंलाई राम्रो मानिदैन । जसको आँखे भौं नाक माथि दुबै तिरबाट जोडिएको हुन्छ, उनीहरुको वैवाहिक जीवन धेरै समय चल्दैन ।

 

प्रतिक्रिया दिनुहोस