३ हजार ४०३ जनामा कोरोना पुष्टि, ७७० जना भेन्टिलेटरमा, मृतक संख्या बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै कुल संक्रमित संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ ।

यस्तै आज कोभिड संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १० हजार ३९६ पुगेको छ । आज (बुधबार) २ हजार १०४ जना संक्रमित निको भएका छन् । पछिल्लो अपडेटसँगै निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

आज (बुधबार) २ हजार १०४ जना संक्रमित निको भएका छन्। पछिल्लो अपडेटसँगै निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ। आइसोलेसनमा ७७० जनाको उपचार भइरहेको छ भने १८६ जना भेन्टिलेटरमा छन्। सक्रिय संक्रमितमध्ये ३६ हजार ८०६ जना होम आइसोलेसनमा र ३ हजार ५३२ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। आ क्वारेन्टिनमा ४५७ जना छन्।

पछिल्लो समय कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । निषेधाज्ञा जारी रहेपनि कडाइ नहुँदा संक्रमित संख्या बढेको हो । कडाइ नगरे अब छिट्टै तेस्रो लहर आउने र तेस्रो लहर निकै भयावह हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । मन्त्रालयले पनि काठमाडौं रेड जोनमा परेको भन्दै निषेधाज्ञामा कडाइ गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस