कंगनासँगकाे प्रेम ऋतिकले अस्वीकार गरेपछि‍‍‍…

एजेन्सी ।  भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता ऋतिक रोशनको पनि दाम्पत्य जीवन सुखमय भएन । उनले सुजैन खानसँग विवाह गरेका थिए । उनीहरु सन्तानका आमाबुवा पनि बने । तर, पछि यो सम्बन्ध लामो समय रहेन । उनीहरु अलग भए । ऋतिक रोशनसँग पछिल्लो समय कंगना रनौतको नाम जोडियो । तर, यो सम्बन्धलाई ऋतिकले स्वीकार गरेनन् । जबकि, कंगनाले ऋतिकसँग जोडिएका केही गोप्य कुराहरु बाहिर ल्याइन् । त्यसपछि दुबैले कानुनी झमेला समेत ब्यहोर्नुपर्याे । कंगना ऋतिकसँग विवाह गर्न चाहन्थिन् तर यो सम्भव हुन सकेन ।

त्यसो त सुजैन खानसँग सम्बन्ध विच्छेद गर्नुअघि पनि ऋतिक करिनासँग प्रेममा थिए । ‘मै प्रेम की दीवानी हुँ’ फिल्म खेल्दा खेल्दै दुबै एकअर्काको प्रेममा परे । यो सम्बन्धले बलिउडमा निकै हलचल मच्यायो । त्यसैगरी फिल्म ‘काइट्स’ को बेला ऋतिक र बार्बरा मोरीबीच लभ अफेयर भएको हल्ला व्यापक रुपमा चल्यो । त्यसबेला सुजैन ऋतिकदेखि त्यतीसम्म दुःखी भएकी थिइन् कि उनी घर छाडेर गएकी थिइन् ।

ऋतिक रोशन व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । फिल्ममा मात्रै होइन, विवाहमा पनि उनले धेरै खर्च गरे । तर, विवाहमा भन्दा बढी खर्च त उनले सम्बन्ध विच्छेदमा गरे ।

ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे । त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस