यी महिलाको घरमा भेटियो रहस्यमयी अण्डा, मानिसले भने – ‘झुक्किएर पनि नछुनू’

एजेन्सी । सबै मानिसहरुलाई सबै कुराको ज्ञान हुँदैन । एक महिलाले पनि जानकारी नहुँदा मानसिक तनाव झेल्नुपयो । ती महिलाले आफ्नो घरमा एक रहस्यमयी अण्डा बढ्दै गरेको भेटिन् । बढिरहेको अण्डाको बारेमा उनले केही बुझ्न सकिरहेकी थिइनन् । आफूले जानकारी प्राप्त गर्न नसकेपछि उनले अण्डाको तस्वीर सामाजिक सञ्जालमा सेयर गरिन् ।

सामाजिक सञ्जालमा उनलाई धेरैले उक्त अण्डा नछुन चेतावनी दिइरहेका छन् । एमी नामकी ती महिलाले आफ्नो छोराको दराजमा विचित्रको वस्तु फेला पारिन्, त्यो के हो उनले थाहा पाउन सकिनन् । त्यसैले सामाजिक सञ्जालमा सेयर गरिन् तस्वीर । मानिसहरुले पनि त्यसको बारेमा जानकारी मागे । डेली स्टारको रिपोर्ट अनुसार परिवार भर्खरै घरमा आएको थियो । त्यसैले उनलाई थाहा थिएन कि उक्त अण्डा त्यस्तै थियो या कम समयमा नै बढेको थियो । यद्यपी सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एक प्रयोगकर्ताले डाइनोसरको अण्डा भएको भन्दै त्यसलाई नछुन भनेका छन् ।

९ महिनाको गर्भवती भन्थे मानिसहरु, तर अप्रेसन गर्दा युवतीको पेटबाट निस्कियो यस्तो…
एजेन्सी । एक १९ वर्षीय युवती आफ्नो बढ्दो तौलका कारण चिन्तित थिइन् । तौल कम गर्नका लागि उनले डाइटदेखि लिएर वर्कआउटसम्म गरिन्, तर तौल कम भएन । कति प्रयास गर्दा पनि तौल नघटेपछि ती युवती चिकित्सकको सम्पर्कमा पुगिन् । जब चिकित्सकले उनको स्वास्थ्यको जाँच गरे, नतिजा सुनेर उनी हैरान भइन् ।

वास्तवमा बेलायतमा रहँदै आएकी अबी चाणवीकको पेट बढिरहेको थियो । उनकाे पेट बढ्दै गएको देखेर धेरैले उनलाई ‘९ महिना’ को गर्भवती भन्न थालेका थिए । धेरै कोसिसका बाबजुद पनि ती युवतीले आफ्नो फुल्दै गएको पेट घटाउन सकिनन् । त्यसैले उनी चिकित्सकको सल्लाह लिन पुगेकी थिइन् ।

चिकित्सकका अनुसार उनको पेटमा एउटा गाँठो (ट्युमर) थियो जसकारण पेट फुलेको थियो । यसै कारण मानिसहरु उनलाई गर्भवती भएको भन्दै टिप्पणी गर्थे । उक्त गाँठो फुटबल आकारको थियो । अबीले अप्रिल २०२१ मा अप्रेशन गरेर उक्त गाँठो निकालिन् । अबीले भनेकि छिन् – ‘जब गाँठो मेरो पेटमा थियो, तब मेरो पेट ढुंगा जस्तै कडा थियो । जब म बाहिर निस्कन्थेँ तब मानिसहरु मलाई ९ महिनाको गर्भवती भन्थे । पछि चिकित्सकले मेरो पेटमा फुटबल आकारको ट्युमर भएको बताए ।’

अबीका अनुसार सुरुवातमा डाक्टरले उनको किड्नीमा स्टोन भएको बताएका थिए । तर चेकअपका क्रममा ट्युमर भएको पत्ता लागेको हो । यद्यपी अहिले उक्त ट्युमर निकालिएको छ, केही समयपछि उनी स्वस्थ हुनेछिन् । अप्रेसनपछि उनले केही राहत महसुस गरेकाे बताएकि छिन् ।

प्रतिक्रिया दिनुहोस