कब्जियत हुनेले के खाने के नखाने ?

एजेन्सी । कब्जियत यस्तो समस्या हो जसले अन्य रोगहरुलाई निम्ता दिन्छ । एकपटक कब्जियतको समस्या सुरु भयो भने यो सजिल्यै निको हुँदैन । कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको साहारा लिने गर्छन् । तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन । यसले कब्जियतको समस्यामा झनै गडबढी ल्याउँछ ।

कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट (भात, रोटी, ढिँडो) को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो । मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले पनि कब्जियत हुन्छ । भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खाँदा, जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले कब्जियत हुने गर्छ ।

पानीको कमीले पनि कब्जियत हुन्छ । कब्जियत हुँदा ठीक समयमा पेट सफा हुने गरी दिसा हुँदैन । साधारणतया हामी दिसा कडा हुनु, दिसा २–४ दिनसम्म नहुनु र दिसा गर्न गाह्रो हुनुलाई मात्र कब्जियत भनेर बुझ्छौं। तर वास्तवमा दिसा बारम्बार हुनु, पातलो हुनु र दिनको तीन–चार पटक हुनु पनि कब्जियत हो । दिसा कडा र सुख्खा हुनु, दिनको २–४ पटक ट्वाइलेट जानुपर्ने हुन्छ । भोक लाग्दैन । आलस्य, चिडचिडापन, अनिद्रा, थकान महसुस हुन्छ ।

कब्जियत पनि एक प्रकारको जीर्ण रोग हो र सबै रोगको घर पनि । कब्जियतलाई बुझ्न पाचन प्रणालीबारे बुझ्न जरुरी छ। समस्यामा सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ । तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन जसले कब्जियतको समस्या झनै बढाउँछ । काँचो केरा कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ । दूधका परिकार यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।

तारेको, भुटेको खानेकुरा तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ । रातो मासु रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस