जब सलमान र कटरीनालाई एयरपोर्टमा रोकियो….

नयाँ दिल्ली । सलमान खान र कटरीना कैफ आफ्नो चलचित्र ‘टाइगर ३’ को लागि रुस गएका छन् । दुवैजना मुम्बई एयरपोर्टमा देखिएका थिए । सो क्रममा एक पत्रकारले फोटो खिच्न अनुरोध गरेका थिए तर सलमान तयार भएनन्, एयरपोर्टतर्फ अघि बढे । त्यसैबेला उनलाई एयरपोर्टको गेटमा त्यहाँका सुरक्षाकर्मीले चेकजाँचका लागि रोकिदिए । अहिले सलमानको उक्त भिडियो भाइरल भइरहेको छ, धेरैले सुरक्षाकर्मीको तारिफ गरिरहेका छन् ।

भिडियोमा सलमानको साथमा एक ठुलो टिम नै देखिन्छ । साथै कटरीना पनि उनीसँगै थिइन् । धेरै फोटोग्राफरहरुले उनको तस्वीर खिच्न खोजेका थिए तर उनी बेवास्ता गर्दै अघि बढे । सलमान दुई महिनाका लागि विदेश जान लागेका कारण फोटा खिच्न अनुरोध गरेको भिडियोमा देख्न सकिन्छ ।

अहिले चेकजाँचका लागि सलमानलाई एयरपोर्ट गेटमा रोक्ने सुरक्षाकर्मीको प्रसंसा भइरहेको छ । उनले आम नागरिकलाई जस्तै गरी सलमानलाई पनि रोकेपछि उनको तारिफ भएको हो । सलमानसँग कटरीना पनि थिइन् । उनी ब्ल्याक आउटफिटमा निकै खुलेकी थिइन् । एयरपोर्टमा कोभिड संक्रमणलाई मध्यनजर गर्दै दुवैले मास्क लगाएका थिए ।

यति महंगो ब्याग बोक्छिन् अनुष्का, जान्नुहोस् कति मूल्यको लगाउँछिन् स्वेटर
एजेन्सी । सेलिब्रेटीहरु प्रायः महंगो र गुणस्तरीय सामान बोक्न रुचाउँछन् । आम्दानी अनुसार भीआइपी सामानहरु खरिद गर्ने उनीहरुको सौख हुन्छ । उनीहरुको ब्याग, कपडा, गहना निकै स्टाइलिस र महंगो हुन्छ । हालसालै अभिनेत्री अनुष्का शर्माको एक तस्वीर बाहिरिएको छ, जसमा उनले महंगो मूल्यको ट्यागवाला ब्याग बोकिरहेको देख्न सकिन्छ ।

अनुष्का शर्मा पति विराट कोहलीको साथमा लन्च डेटमा गएकी थिइन् । फोटोमा विराटसँग पोज दिइरहेको देख्न सकिन्छ । अनुष्का र विराट हाल लण्डनमा छन् । त्यहाँको टेन्ड्रिल किचनका एक कर्मचारीसँग तस्वीर खिचेका थिए । अनुष्का सिम्पल क्रिम कलरको स्वेटर र डेनिम जिन्समा देखिएकी छिन् ।

अनुष्काको साथमा ब्ल्याक कलरको ब्याग देख्न सकिन्छ जुन निकै आकर्षक छ । अनुष्काको सो स्टाइलिस ब्यागको भारतीय मूल्य एक लाख ३ हजार ३८८ रहेको छ । अनलाइन वेबसाइटमा हेर्ने हो भने उक्त ब्यागको मूल्य १ हजार ३९० डलर देख्न सकिन्छ । यस्तै उनको स्वेटरको मूल्य ११ हजार ८ रुपैयाँ रहेको छ, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

विराट र अनुष्काले बच्चाका लागि समय दिइरहेका छन् । जनवरी २०२१ मा उनीहरुले एक छोरीलाई जन्म दिएका थिए । तर अनुष्काले आफ्नो छोरीको अनुहार सार्वजनिक गरेकी छैनन् । उनले छोरीको नाम वामिका राखेकी छिन् । अनुष्का पछिल्लो समय अभिनयमा पनि सक्रिय छैनन् । पछिल्लो पटक उनी फिल्म जीरोमा देखिएकी थिइन्, जसमा सलमान खान र कटरीना कैफ मुख्य भूमिकामा थिए । चलचित्र डिसेम्बर २०१८ मा रिलिज भएको थियो ।

अहिले अनुष्का चलचित्र वेब निर्माणको तयारीमा छिन् । अनुष्काको बुलबुल र पाताल लोकले राम्रो प्रतिक्रिया पाएको थियो । हाल उनी विराट कोहली र बच्चासँग समय बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस