अफगानी पप स्टारले छोडिन् देश, भनिन् – ‘म जिवित छु’

एजेन्सी । अफगानिस्तानमा जबदेखि तालिबान फर्कियो तबदेखि त्यहाँका मानिसहरुको देश छोड्ने क्रम जारी छ । राष्ट्रपतिदेखि कलाकार र नागरिक सबै धमाधम देश छोडिरहेका छन् । तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँको परिस्थिति नै परिवर्तन भएको छ । अशान्तिको वातावरण छ । अहिले त्यहाँको एयरपोर्टमा मानिसहरुको लाम छ, तर उनीहरुलाई लैजान कुनैपनि विमान तयार छैन ।

सिमित व्यक्तिहरु मात्रै देश छोड्न सफल भएका छन् । यस्तोमा अफगानी कलाकार एवम् गायिका अर्याना सईद जो त्यहाँकी ठुलो पप स्टार हुन्, उनले समेत देश छोडेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् अफगानिस्तान छोडेको जानकारी दिएकी हुन् । उनले एक अमेरिकी कार्गोमा देश छोडेर भागेकी हुन् । उनी केही दिनदेखि निकै चिन्तित थिइन् । डराएकी थिइन् । तर उनी बाँचिन् र देश छोड्न सफल भइन् ।

उनी भन्छिन् – ‘म जिवित छु । बिर्सनै नसकिने रातका कारण म अहिले दोहा पुगेकी छु । अब स्तानबुल जाने तयारी गरिरहेकी छु । एक पटक म घर पुगेर आफूलाई यो त्रासदीपूर्ण स्थितिबाट सामान्य बनाउन चाहन्छु । तपाईँहरुलाई बताउनका लागि मसँग धेरै कहानी छ ।’ अर्यानाका अनुसार उनले अन्तिममा अफगानिस्तान छोडेकी हुन् । अन्तिम अवस्थामा मात्रै देश छोड्ने आफ्नो पुरानो बाचा आफूले निभाएको पनि उनले दाबी गरेकी छिन् । अफगानिस्तानका मानिसहरुले पुनः शान्ति देख्न पाउने उनको विश्वास छ । उनलाई पनि आत्महत्याको डर रहने छैन ।

अर्यानाका पतिले पनि निकै भावुक पोष्ट गरेका छन् । उनले भनेका छन् – ‘दुनियाँका लागि मेरी श्रीमती केवल एक कलाकार हुन्, तर मेरो लागि एक रोलमोडल हुन् । हामी दोहाबाट निस्किएदेखि उनी सुतिरहेकी छिन् । म उनको अनुहार नियालिरहेको छु । उनीमा निकै हिम्मत छ । उनले सबैभन्दा मुश्किल परिस्थितिको कति सुन्दर तरिकाले सामना गरिन् ।’

पछिल्लो पटक अर्याना एक अफगानी रियालिटी शो मा देखिएकि थिइन् । उनले उक्त कार्यक्रममा जजको भूमिका निभाएकी थिइन् । तर अब देशमा तालिबानको राज छ, यस्तो अवस्थामा उनले पनि देश छोड्नु उपयुक्त ठानिन् ।

प्रतिक्रिया दिनुहोस