कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, ७१४ जना आइसीयुमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५३० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ भने हालसम्म १० हजार ४५५ जनाले ज्यान गुमाएका छन् । निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । आज मात्रै २ हजार २४४ जना निको भएका छन् । मन्त्रालयका अनुसार आज क्वारेन्टाइनमा ४४६ जना छन् । सक्रिय संक्रमित संख्या ४० हजार ३०९ रहेको छ । ३६ हजार ९२२ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा छन् ।

No photo description available.

प्रतिक्रिया दिनुहोस