जीवनको १३ यथार्थ र मनछुने लाइनहरु

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १३ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १३ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जिन्दगीको भारी बोक्दा बल्ल थाहा भयो कि स्कुलको झोला त धेरै नै हलुको हुदो रैछ भनेर ।

२. भनिन्छ नि ठुलो घरको छतबाट शहर देखिन्छ, तर कसलाई के थाहा , झुपडीको आगनबाट संसार देखिन्छ भनेर ।

३. संसारमा कोहि मानिस गलत हुदैन, किनकि सत्यको परिभाषा हरेक व्यक्ति संग फरक हुने गर्दछ ।

४. जीवन बाच्न सिक्दै हुनुन्छ भने, सबै व्यर्थ छ किनकि जीवन भनेको त बाच्दा चाच्दै जानिने र बुझिने कुरा हो ।

५. जीवन भनेको नम्रताको एक पाठ हो, जहाँ जीवनको द्वार सिधा हुन्छ र जीवनको मार्ग एकदमै घुमाउरो हुन्छ ।

६. शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होइन, गाउँको झुपडीको आँगनमा जन्मिएर थाङनामा हुर्किएकालाई सोध्नु, जिन्दगीको अर्थ के हो भनेर ।

७. हरेक मान्छे बिक्छ यहाँ, को कतिमा बिक्छ यो उसको बाध्यताले तय गर्दछ ।

८. यो दुनिया पनि कति स्वार्थि, मरेपछि जसले जलाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ ।

९. जीवनको एक क्षण करोडौ स्वर्ण मुद्रा दिएर पनि पाउन सकिदैन ।

१०. गीतामा लेखिएको छ, निराश नहौ, कमजोर तिमी होइन, तिम्रो समय हो ।

११. बिस्वास पनि इरेजर जस्तै रहेछ, हरेक गल्ति सगै सानो हुदै जाने ।

१२. मन्दिरमा पसेर मान्छेले झुट बोल्न सक्छ तर भट्टीमा पसेर कहिल्यै झुट बोल्दैन ।

१३. मानिसहरु ढुंगालाई यस कारणले पुज्ने गर्छन् कि, यो संसारमा बिस्वास गर्न लायक अरु कोहि भेटिदैनन् ।

यो पनि पढौ :

पैसा बचतकाे लागी यी दैनिक साधारण बानीहरू अपनाउनुहाेस्

पैसा सबथाेक हाेइन । तर, आफ्नाे दैनिक जिवन निर्वाह गर्न र आफ्ना सपनाहरूलाइ आकार दिन पैसाकाे आवश्यकता पर्छ । आफुसँग भएकाे बेलामा खर्च गर्दा र समय आउँदा टर्छ भन्रे बानीले हामीलाइ आवश्यक परेकाे बेलामा आर्थिक अभावमा डुब्छाैँ । त्यसैले यहाँ पैसा बचत गर्ने बानीकाे विकासकाे लागी केही सामान्य उपायहरू उल्लेख गरिएकाे छः

-सामान किनमेल गर्न जानुअगाडी आफुलाइ आवश्यक रहेका कुराहरूकाे लिस्ट बनाउनुहाेस् ।

-बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहाेस् । पैसा बच्याे भने मात्र ति बाहेकका कुरा किन्रेबारे साेच्नुहाेस् ।

-घरमा खुत्रुके राख्नुहाेस् ।

-सामानकाे भाउ घटाएर किन्रुभाे भने त्याे छुट पाएकाे पैसा खुत्रुकेमा राख्नुहाेस् ।

-दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहाेस् ।

-एक रूपियाँकाे सिक्काकाे महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुहाेस् ।

-कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुहाेस् । यसले तपाइकाे पैसा पनि केही बच्छ भने पठन सँस्कृतिकाे पनि विकास हुन्छ।

-बजारकाे हल्ला पछाडी हिड्नुभन्दा त्याे सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुहाेस् ।

-‘सेल’ मा राखेका सामान वा सस्ताेमा सामान पाइयाे भन्दैमा तत्काल आवश्यक नभएकाे सामान खरिद नगर्नुहाेस् ।

-आफ्नाे आम्दानी र खर्चकाे लेखाजाेखा गर्ने बानी बसाल्नुहाेस् ।

-यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नाे घरकाे आम्दानीकाे स्राेत, खर्च, आर्थीक व्यवस्थापन आदिकाे बारेमा जानकार रहनुहाेस् ।

-धुम्रपान र मधपान गर्न छाेड्नुहाेस् ।

-बाहिरकाे खाना र जँक फुड छाेडेर घरकाे खाना खाने गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस