नौ जना हजाराको हत्याको जिम्मेवार तालिबान हो : एम्नेस्टी

काबुल । तालिबानी समूहले अफगानिस्तानको गजनी प्रान्तमा कब्जा गरेपछि तालिबान लडाकूहरूले नौ हजारा पुरुषको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

एम्नेस्टीले बिहीकार जारी गरेको एक प्रतिवेदन अनुसार मालिस्तान जिल्लाको मुन्दराख्त गाउँमा जुलाई ४ देखि ६ सम्म भएको हत्याको विवरण उल्लेख गरिएको छ । तालिबान समूहले गरेको दाबी गलत भएको उल्लेख गर्दै उक्त हत्यामा तालिबानी समूह नै जिम्मेवार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हजारा समुदाय अफगानिस्तानको तेस्रो सबैभन्दा ठूलो जातीय समूह हो, जसमा प्राय शिया मुस्लिमहरु छन् । उनीहरु लामो समयदेखि सुन्नी बहुल देशमा भेदभावको सामना गरिरहेका छन् र पहिले तालिबानद्वारा सताइएको थियो ।

एम्नेस्टीको रिपोर्ट अनुसार नौ जना मध्ये ६ जनालाई गोली हानिएको थियो र तीन जनालाई यातना दिएर मारिएको थियो । जसमा एक जना मानिसको स्कार्फले गला दबाएर हत्या गरिएको थियो र उसको हातको मासु छिनालिएको थियो ।

जुलाई ३ मा गजनी प्रान्तमा अफगान सरकारी सेना र तालिबानबीच लडाई भएको थियो । गाउँलेहरुले मानव अधिकारको निगरानी गर्नेहरुलाई आफ्नो सुरक्षाका लागि आवाज उठाइदिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस