हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा तोलाको १२ सय १० रुप्ैयामा कारोबार भइरहेको छ ।

विश्वकै महँगो र अनौठो तरकारी, जसको मूल्य किलोकै एक लाख बढी पर्छ
काठमाडौं । हामिले घरमा विभिन्न थरीका तरकारी फलाएका हुन्छौं । बजारमा पनि हामिले कहिल्यै नदेखिएको तरकारी राखेको पनि देख्छौं । बजारमा पाइने हरेक तरकारीको मूल्य सिजन अनुसार फरक फरक हुन्छ । तरकारी कुनै महँगो हुन्छन्, त कुनै सस्तो ।

कुनै चीज दुर्लभ छ, चने त्यस्तो चीज धेरै महँगो हुन्छ । यस्तै विश्वमा एक अनौठो र महँगो तरकारी पनि छ । जुन यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ ।

तर संसारमा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै लाख रुपैयाँ बढी पर्दछ । त्यो महँगो तरकारीको नाम हो हप शूट्स ।

यो तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स भन्ने गरिन्छ । यस तरकारीमा औषधिय गुणहरु हुने हुनाले महँगो भएको बताइएको छ। यो तरकारी जडीबुटीको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले धेरै रोगहरु लाग्नबाट पनि बच्न सकिन्छ ।

यो तरकारी किन्दा १ लाख २८ हजार रुपैयाँ बढी पर्ने गर्छ । यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग अहिले विस्तारै विश्वमा नै फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस