महिलाहरुलाई घरभित्रै बस्न तालिबानको उर्दी, भने – सम्मान गर्न जानेका छैनौं

काबुल । अफगानिस्तानको सत्ता कब्जा गरेको आतंकवादी समूह तालिबानले महिलाहरुलाई घरभित्रै बसेर काम गर्न उर्दी जारी गरेका छन् । तालिबानी समूहले महिलाहरुलाई सम्मान गर्ने नजानेको उल्लेख गर्दै घरबाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

वर्तमान तालिबान शासनमा महिलाहरु सुरक्षित छैनन् भन्ने स्वीकार गर्दै आतंकवादी समूहले अफगान महिलाहरुलाई घरभित्रै बसेर काम गर्न निर्देशन दिएको हो । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक पत्रकार सम्मेलनमा महिलाहरु आफ्नो सुरक्षाको लागी काममा नजान निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई विश्वास दिलाउने तालिबानी समूहको प्रयासलाई कमजोर पार्दै पछिल्लो समय सत्तामा रहेका बेला महिलाहरुप्रति बढी संवेदनशील हुनेसमेत उनले बताएका हुन् ।

मुजाहिदका अनुसार यो उपाय आवश्यक थियो किनकि तालिबान परिवर्तनशील छन् र प्रशिक्षित छैनन् । सन् १९९६ देखि सन् २००१ सम्म सत्तामा रहँदा उग्रवादी समूहले महिलाहरुलाई कार्यस्थलमा समेत प्रतिबन्ध लगाउने नियम ल्याएको थियो ।

त्यस समय महिलाहरुलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाएको थियो भने सम्पूर्ण शरीर ढाक्न लुगा लगाउन बाध्य पारिएको थियो । विश्व बैंकले अफगानिस्तानमा आर्थिक सहायता रोकेपछि महिला सुरक्षाको चिन्ता र संयुक्त राष्ट्रसंघले तालिबानको कब्जापछि मानव अधिकार उल्ल्घंका घटनाहरुको पारदर्शी र शीघ्र छानबिनको आह्वान गरेका छन् ।

विदेशी सहायतामा निर्भर रहेको अफगानी अर्थव्यवस्थालाई चलायमान राख्नका लागि विदेशी सहायता गर्नेहरुलाई देखाउनका लागि उनीहरुले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । तालिबानले आफ्नो नयाँ युग अझ मध्यम हुने आश्वासन दिएका छन् । तर तालिबान नेताहरुले महिलाहरुको अधिकार फिर्ता हुने ग्यारेन्टी दिन भने अस्वीकार गरेका छन् । धेरै महिलाहरुले हिंसाको सामना गरिसकेका छन् ।

तालिबानले अमेरिकालाई आफ्नो बाँकी सेना अर्को हप्तासम्म फिर्ता गरिसक्नसमेत चेतावनी दिएको छ ।

Taliban directs Afghan women to work from home, says they are ‘not trained’ to respect them

 

प्रतिक्रिया दिनुहोस