अर्वपति हुनेहरुको कुण्डलीमा हुन्छ यस्तो खास योग :

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ ।

त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।

इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।

त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।

यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।

यसैगरी हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ ।

उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।

यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन।

तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुनसक्छ।

प्रतिक्रिया दिनुहोस