जोडिले होटलमा कोठा लिई लामो समय बाहिर नआएपछि हेर्न पुग्दा सबै चकित

एजेन्सी – भारतको पश्चिम बंगालमा एक अनौठो खालको घटना घटेको छ । न्युटाउनको एक होटलमा घटेको घटनाले सबैलाई अचम्मित तुल्याएको छ ।

घटना यसरी सुरु हुन्छ । न्युटाउको एक होटलमा एक दम्पतिले दिउँसको कोठा बुक गरेको हुन्छ र उनीहरुले भनेको हुन्छ कि हामी तपाईहरुलाई साँझ ७ बजेसम्म चेकआउट गर्नेछौ ।

तर उनीहरुले बेलुकाको ७ बज्दा पनि होटलको कोठा नछोडसी होटलको कर्माचारी उनीहरुले बुकिङ गरेको कोठामा पुग्छ र ढोका ढोका ढकढक्याउँछन् । टिभी ठूलो आवाजमा भइरहेको थियो भित्रबाट ।

होटलको कर्माचारीहरुले यसरी ढोका ढकढक्याउँदा पनि ढोका नखोलेपछि नक्कली साँचोले ढोका खोलेर हेर्दा खाट भित्र, महिलाको शरीर एक सिरकमा लपेटिएको थियो । होटलमा एउटी युवतीको शरीर रजाईमा राखिएको भेटियो र उनको शरीरमा धेरै चो’ट लागेको थियो ।

न्युटाउनको एक होटलमा अमित घोष र चुम्की घोष नाम गरेका दम्पती मंगलबार दिउँसो यस होटलमा बसेका थिए । होटल प्राधिकरणले उनको आईडी प्रमाणको प्रतिलिपि लिए र उनीहरुलाई कोठा दिए ।

परिचयपत्रका अनुसार ती दुबै पश्चिम मेदिनापुरका निवासी थिए । उनले रिसेप्शनमा भनेका थिए कि उनीहरु यहाँबाट साँझ ७ बजे चेकआउट हुनेछन् । कोठामा गएको केहीबेरमा अमित रिसेप्सनमा फेरी आए ।

उनले होटेलका कर्मचारीलाई भने कि म केही बेरमा फर्केर आउनेछु । तर उनी आएनन् । जब उनीहरूले ७ बजे पनि चेकआउट गरेनन्, होटेलका कर्मचारीहरूले कोठामा फोन गरे । कुनै जवाफ नआएपछि उनीहरु कोठामा हेर्न गएका थिए ।

होटेलका कर्मचारीहरूले यसलाई तत्काल टेक्नोसिटी पुलिस स्टेशनमा खबर गरे । प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे र श,व बरामद गरे । प्रहरीले अनुसन्धान सुरु गरेको छ । पुलिस अमित घोष र महिलासँग अमितको सम्बन्ध खोज्ने कोशिस गर्दैछ ।

प्रतिक्रिया दिनुहोस