‘राज कुन्द्रा शिल्पासँगको सम्बन्धबाट खुसी थिएनन्, मेरै घरमा आएर मसँग यौन दुर्व्यवहार गरे’

पोर्नग्राफी केसमा पक्राउ परेका व्यवसायी राज कुन्द्राको आफ्नी पत्नी शिल्पा शेट्टीसँग सम्बन्ध राम्रो नभएको र राज शिल्पासँगको सम्बन्धबाट खुसी नभएको अभिनेत्री शर्लिन चोपडाले दावी गरेकी छिन् । बुधबार मुम्बइ पुलिसको क्राइम ब्रान्चको कार्यालयमा उपस्थित भएर बयान दिएकी अभिनेत्री चोपडाले राजले आफूलाई घरमै आएर यौन दुर्व्यवहार गरेको समेत आरोप लगाएकी छिन् ।

शर्लिनका अनुसार २०१९ मा राजसँग एक व्यवसायिक बैठकपछि एक म्यासेजका कारण उनको तीखो बहस भएको थियो । यही कुरालाई लिएर राज २०१९ को २७ मार्चका दिन केही नबताइ उनको घरमा आएका थिए । त्यसपछि राजले उनीसँग जबरजस्ती गर्न लागेको र आफूले अस्वीकार गरिरहेको शर्लिनले बताएकी छिन् । शर्लिनका अनुसार उनले राजसँग आफूले विवाहित व्यक्तिसँग सम्बन्ध राख्न नचाहेको र व्यवसायलाई निजी जीवनसँग मिलाउन नचाहेको बताएकी थिइन् ।

त्यतिबेला राजले शर्लिनसँग आफ्नो पत्नी शिल्पासँग सम्बन्ध तनावपूर्ण भएको र घरमा आफू धेरैजसो समय तनावमा रहने गरेको बताएका थिए । शर्लिनलाई पहिले नै मुम्बइ पुलिसको साइबर सेलले २०२० मा आर्म्सप्राइमविरुद्ध दर्ता भएको एफआइआरमा आरोपीको रुपमा पेश गरेको थियो ।

क्राइम ब्रान्चले उनलाई २६ जुलाइमा पोर्न फिल्म गिरोहबारे बयान लिन बोलाएको थियो । त्यसपछि शर्लिन अग्रिम जमानतको लागि बाम्बे हाइकोर्ट गइन् । शर्लिनले अदालतमा दिएको निवेदनमा आफूलाई पनि राज कुन्द्रालाई जस्तै गिरफ्तार गरिने डर भएको बताएकी थिइन् । अदालतले २८ जुलाइमा शर्लिनलाई गिरफ्तारीविरुद्ध सुरक्षा प्रदान गरेको छ ।डिसीनेपाल

प्रतिक्रिया दिनुहोस