चरिरहेको भैसी अर्कैको घरमा भेटिए-पछि यस्तो अचम्मको कुरा सुनेर रोकिने छैन तपाइको हाँसो

भारतको रामपुर जिल्लामा भैसी चो री भएको छ । भैसी चो री भएपछि त्यहा अचम्मको चर्चा शुरू भएको छ । भारतिय मिडियाका अनुसार चो रिएको भैसी अर्कैको घरमा भेटिएपछि हकदाबी पुर्‍याउन डीए नए परीक्षणको माग गरिएको छ ।

मान्छेका आमाबुबा र सन्तान प्रमाणित गर्न डीएनए परीक्षण हुँदै आएकोमा अर्कैको रहेको भैसीमा आफ्नो हकदाबी गर्न पशुपालक किसान चन्द्रपालले डीएनए परीक्षणको माग गरेका हुन् ।

यस घटनाले प्रशासान समेत अलमलमा परेको छ । भारतिय मिडियाका अनुसार त्यो भैसी कसको हो भनेर छुट्याउन सकिने कुनै आधार नभएपछि पशुपालक किसानले डीएनए परीक्षणको माग गरेका हुन् । किसानले भनेका छन्, ‘अर्कैको घरमा भेटिएको भैसीकी आमा मेरै घरमा छिन्, दुवैको डी एनए परीक्षण गरेमा वास्तविकता थाहा भइहाल्छ ।

यो पनि पढ्नुहोस-महाशविरात्रीमा १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना गरिने:

कैलाली, २६ फागुन । कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ ।

एक हजार आठ लड्डुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

“शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौँ ।” उहाँले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्व रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस