विपन्न परिवारलाई जिविकोपार्जनको लागि बाख्रा र बङ्गुर बितरण

सर्लाहीको बाग्मती नगरपालिसँगको समन्व्यमा सामुदायीक वनमा आश्रित ५ विपन्न परिवारलाई जिविकोपार्जनको लागि पशुचौपाँया वितरण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समिति जिल्ला महासंघ सर्लाहीको आयोजनामा राजघाटका ५ ६ र ७ को संयुक्त वडा कार्यालयमा ३ परिवारलाई बाख्रा र २ परिवारलाई बङ्गुर वितरण गरिएको हो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर वाईवा, सामुदायीक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष कृष्ण पौडेल, बाग्मती स्थानीय सामूदायिक वन उपभोक्ता महासंघका अध्यक्ष वृद्धि बहादुर तुमसिङ्ग, बागमति नगरपालिकाका सूचना प्रविधि अधिकृत सगुन थापा र स्थानिय परियोजना संयोजक एन्जिला लामिछानेको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस