आँकका २ पात जसले च्वाट्टै पर्छन सुगर अर्थात् मधुमेह !

मधुमेह भएका मानिसलाई सामान्य जीवन जिउनका लागि के खाने के नखाने भन्ने विषयमा धेरैथरी परिवर्तन ल्याउनुपर्ने हुन्छ । रगतमा चिनीको स्तर कम गर्ने खानेकुरा मात्र खानुपर्ने हुन्छ । आँपको पातले चिनीको मात्रा घटाएर मधुमेहलाई नियन्त्रण गर्न सहायता गर्छ ।

आँपको पातमा पेक्टिन, भिटामिन सी र फाइबर हुन्छ । पातको म्यांगिफरिनमा एन्जाइम अल्फा ग्लुकोसिडेज निकाल्ने क्षमता हुन्छ र यसले आन्द्रामा कार्बोहाइड्रेट मेटाबोलिजम घटाउन सहायता गर्छ । यसबाछ रगतमा चिनीको स्तर नियन्त्रणमा रहन्छ ।

ग्लुकोजको इन्सुलिन उत्पादन र वितरणलाई थप राम्रो बनाउन यो प्रभावकारी हुन्छ । यसले चिनीको मात्रालाई स्थिर गर्न पनि सहायता गर्छ । आँपको पातले मधुमेह र कोलेस्ट्रोल दुवैलाई नियन्त्रणमा राख्छ । शरीरको खराब कोलेस्ट्रोल स्तरलाई यसले घटाइदिन्छ । बारम्बार पिसाब लाग्ने, तौल घट्ने, धमिलो देखिने जस्ता मधुमेहका लक्षणमा यो प्रभावकारी उपचार हो ।

दशदेखि १५ वटा आँपका पातलाई १०० देखि १५० मिलीलिटर पानीमा उमाल्नुस् । रातभरि त्यसलाई त्यत्तिकै रहन दिनुस् । बिहान त्यो पानीलाई छानेर खाली पेटमा पिउनुस् ।नियमित रूपमा बिहान खाली पेटमा यस्तो पानी पिउँदा केही महिनामै शरीरमा आश्चर्यजनक परिणाम देखिन्छ । यो घरेलु उपचारमा मात्र भर चाहिँ नपर्नुस् । मधुमेहका लक्षण देखिए भने तत्कालै चिकित्सकलाई देखाउनुस् ।अनि खानेकुरामा पनि परहेज गर्ने गर्नुस् ।

यो पनि पढ्नुहोला :

अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यी ४ चिज, निम्त्याउँछ यस्तो खतरा !

अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ ।

अण्डा खाँदा विभिन्न फाइदा त मिल्छ नै तर यदि तपाईं दैनिक रूपमा उसिनेको अण्डा खानुहुन्छ भने केहि कुराको ख्याल राख्न अत्यन्त जरूरी हुन्छ। आज हामी तपाईंलाई यस्तै चीजको बारेमा बताउँछौँ जुन उसिनेको अण्डा खाएपछि भुलेर पनि खानु हुँदैन।

कागती: कतिपय मानिस जो अण्डा खान मन पराउँछन्, उनीहरु अण्डामा कागतीको रस हालेर खान्छन् ताकी यसको स्वाद राम्रो होस्। तर कहिले पनि यस्तो गर्नु हुँदैन। किनभने त्यसो गर्दा रक्तनलीहरूलाई हानी हुन्छ र हृदयघातको खतरा पनि हुनसक्छ।

केरा:

त्यस्तै, यो कुराको पनि ख्याल राख्नुहोस् कि अण्डा खाएपछि केरा कहिले पनि खानु हुँदैन। अन्यथा यसले पेटसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, अण्डा खाएपछि भुलेर पनि केरा नखानुहोस्।

पनीर:

पनीर र अण्डा वा अण्डा खाने लगत्तै पनीर कहिले पनि खानु हुँदैन। किनभने अण्डा र पनीर दुबैमा प्रोटीन प्रशस्त मात्रामा पाइन्छ। यदि हामीले धेरै प्रोटीन खपत गर्यौं भने त्यसलाई पचाउन गाह्रो हुन्छ, जसको कारण पेटसँग सम्बन्धित धेरै समस्याहरू देखा पर्न सक्छ। त्यसैले, अण्डा खाएपछि पनीर खानु हुँदैन।

माछा :

उसिनेको अण्डा खाएपछि कहिल्यै मासु वा माछा खानु हुँदैन, किनभने यदि तपाईं उसिनेको अण्डा खानुभयो भने तपाईंलाई छालासँग सम्बन्धित एलर्जीको हुनसक्छ।

प्रतिक्रिया दिनुहोस