एक पुरुषको पेटवाट डाक्टरले शल्यक्रिया गरेर एक किलो भन्दा बढी तौलका काँटी, किल्ला र पेच निकाले

बीबीसी । चिकित्सकहरुले एक जनाको शल्यक्रिया गरेर उनको पेटवाट एक किलो भन्दा धेरै फलामका बस्तु निकालेका छन् । संसारमा भएका अपत्यारीला घटना मध्य यो पनि एक हो । यो घटना लिथुआनियामा भएको हो ।

लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छु री जस्ता बस्तु निकालिएको हो । उनी निकै पेट दुखेर अस्पताल पुगेका थिए । .. तर यो सत्य घटना हो जुन बीबीसीमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार म दि रा से व नको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्। उनको पेटमा यति धेरै फलामका बस्तु जम्मा भए जसका कारण पेट दुख्न थाल्यो ।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ ।

एक जना सर्जनले त्यसलाई ‘विशिष्ट घटना’भनेका छन् । तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको फोटो बाहिरिएको छ।

ती व्यक्तिलाई पेटमा असह्य पी डा भएपछि अस्पतालमा ल्याइएको जनाइएको छ । उनलाई बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको बताइएको छ।

फलामका वस्तुहरु निकालेपछि उनको अवस्थामा स्थिर रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस