बिच सडकमा नेहाको यस्तो पोज, बनिन् ट्रोलको सिकार (फोटोफिचर)

सुपरहिट गीतका कारण विश्वमै आफ्नो अलग्गै पहिचान बनाएकी नेहा कक्कर बेलाबेलामा चर्चामा आईरहन्छिन । गायनका साथसाथै लुक्स र लाइफ स्टाइलमा पनि अग्रपंक्तिमा रहेकी उनी कुनै कुनै न कुनै कारणले हमेसा चर्चामा आउने गर्छिन् ।सामाजिक सञ्जालमा राम्रै समय दिने उनले अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् ।


जुन तस्बिरहरुमा नेहालाई सडकको बीचमा बसेर बिभिन्न पोज दिएकी देख्न सकिन्छ । सामाजिक संजालमा आफ्ना तस्बिर, भिडियो सार्बजनिक गरिरहने नेहा यो तस्बिरहरुमा पनि बोल्ड एण्ड ब्युटी देखिएकी छन् । उनका श्रीमान रोहनले खिचेदिएका उक्त तस्बिरलाई धेरै फ्यानले निकै रुचाएका छन् ।

साथै कमेन्टमा उनको प्रशंसा गरेका पनि गरेका छन् । यतिमात्र होईन उनका श्रीमान रोहनले पनि सोहि ठाउमा सोहि प्रकृतिको फोटो खिचेर आफ्नो ईन्स्टाग्राममा पोस्ट गरेका छन् । रोहनको तस्बिर भने नेहाले खिचिदिएकी हुन् ।

अहिले यहि तस्वीरलाइ ट्याईलेट, भान्छा, घरको छना जताततै राखेर ट्रोल बनाएका छन् ।केही दिन पहिले नेहा र रोहनको एकअर्कामाथी हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । त्यो भिडियोले पनि सामाजिक संजालमा निकै चर्चा पायो । उनले आफ्नो आउँदो गीत प्रमोसनका लागि उक्त भिडियो सार्वजनिक गरेको हुन् ।

युट्युबमा दुनियाँभरबाट सबैभन्दा बढी हेरिएका महिलाको सुचिमा दोश्रो स्थानमा पर्छन् ।सूचीमा अमेरिकन र्‍यापर कार्डी बी ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। यो सूचीमा नेहाबाहेक कोही पनि भारतीय महिला कलाकार छैनन् ।

नेहाले सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्ल्याक पिंक, केरल जी, निकी मिनाज र ग्र्यान्डजस्ता चर्चित गायिकालाई उछिनेकी छन्।पहिलो प्रेममा नै प्रेम बसेको बताउने नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी थिईन । नेहाले रोहप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् । नेहा रोहनप्रित भन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन ।

प्रतिक्रिया दिनुहोस