कहाँ कुन दिशामा संग्रह गर्ने धन सम्पती ? जान्नुहोस् अति उपयोगी सुत्र !

वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला । वस्तु शास्त्रका अनुसार घरको यी दिशामा आफूले कमाएको पैसा राख्दा राम्रो संचय हुने र दैनिक थप्दै जाँदा धेरै बचत हुनेछ ।

यसमा शास्त्र उल्लेख गरे अनुरुप आफूले कमाएको पैसा राख्दा फजुल खर्च समेत नियन्त्रण हुदैं जानेछ र कुनै पनि परिवार वा व्यक्तिले धेरै धन आर्जन गर्न सक्नेछन् ।पूर्व दिशा:यदि तपाईहरु आफूले प्राप्त गरेको पैसा कुनै दराज वा अन्य लकरमा राख्नुहुन्छ भने ती चिजहरुलाई घरको पूर्वी दिशामा राख्नु फलदायी हुनेछ । यसरी संचय गरिएको पैसा निश्चित रुपमा वृद्धि हुँदै जाने छ । तपाईहरुले घरको पश्चिम दिशामा आफ्ना गरगहना अर्थात् बहुमुल्य वस्तुहरु राख्दा उत्तम हुनेछ ।

उत्तर दिशा:यदि तपाईहरुले आफूले पैसा ,गरगहना वा अन्य बहुमुल्य वस्तु राखेको दराज उत्तर दिशमा खुल्नेगरि राख्नु उत्तम हुनेछ । यसरि राखिएको यी चिजहरु कहीँले नघट्ने र समय बित्दै जाँदा बढ्दै जाने मान्यता रहेको छ ।दक्षिण दिशा:यदि तपाईले पैसा सहित आफ्ना बहुमुल्य वस्तुहरु दक्षिण दिशमा राख्नु भएमा कुनै नोक्सान नहुने तर वृद्धि भने कुनै मात्रामा नहुने कुरा वस्तु शास्त्रमा बताइएको छ । त्यसैले दक्षिण दिशामा यी चिजहरु राख्नु उत्तम मानिदैन।

लकर:कुनै पनि समान राख्दा यसको प्रकृति अनुसार राख्ने गरिन्छ । यसरी तपाई कुनै अमुल्य चिजहरु लकरमा राख्नुहुन्छ भने उक्त लकर भित्र लक्ष्मी को तस्बिर राख्नुहोला । धनकि देवी मनिएकी लक्ष्मीको तस्बिर लकरमा राख्दा ठुलो फलदायी हुने र धन वृद्धिमा सहयोग पुग्ने मान्यता रहेको छ ।

दक्षिण पूर्वी दिशा:यदि तपाईको घरमा धन सँग सम्बन्ध रहेका केही बहुमूल्य वस्तु छन् भने त्यस्ता वस्तुहरु आफू प्राय बस्ने गरेको ठाउँ बाट दक्षिण पूर्वी दिशमा राख्नुहोस जसले तपाईको जीवनलाई ठुलो लाभ पुर्याउने छ ।त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

यसैगरी अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ ।जान्नुहोस् राशी अनुसारको उपाय :मेष राशी=नियमित सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् ।वृष राशी=नित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्नुहोस् ।

मिथुन राशी=बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्नुहोस् ।कर्कट राशी=नित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाउनुहोस् ।सिंह राशी=हरेक बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्नुहोस् ।

कन्या राशी=नियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।तुला राशी=भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्डुको भोग दिनुहोस् ।वृश्चिक राशी=विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् ।

धनु राशी=नित्य हनुमानजीको दर्शन गरी पिपलमा मिठाई अर्पण गरेर केशरको टिका लगाउनुहोस् ।मकर राशी=बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस् ।कुम्भ राशी=केराको बोटमुनी दियो बाली महत्वपूर्ण कामपूर्व हनुमानलाई मीठा पान अर्पण गर्नुहोस् ।मीन राशी

=विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस