तल्ला घरमा त हिजो देखि नै मासु खाइरा छन , हामी मासु खाने हैन र आमा ?

” आमा आज दशैं हैन र ?” मासु खाने हैन र आज ? थालमा पस्केको पहेंलो मकैको भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मैले‌ भने‌ ।

आमा अर्को थालमा भात पस्किदै भन्नु भो : “आज नवमी हो नि ! मासु त दशमिमा पो खान्छन त ! भोलि खाने हो मासु ।”

आठ वर्षको म फेरि बोले :
“तल्ला घरमा त अनि हिजो देखि नै मासु खाइरा छन त ?” छेउमै बसेकी दिदी ले कराउदै भनी : “उनिहरूको छ र खान्छन नि… के सारो कचकच गर्दो रहेछ ! खुरुक्क खा अनि गएर पढ ”

म अबोध बालक आमाले‌ भनेसी टाउको हल्लाउँदै खाना खाए ! म आमासँगै सुत्थे ! राति १० बजेतिर मेरो एक निन्द्रा पुगीसकेको थियो, दिदीको कोठाबाट आएको गुनगुन आवाजले म झसङ्ग बिउँझिए ।

आमा भन्दै हुनुहुन्थ्यो :
“भाइलाई मासु खान मन लागेछ !
त संग कति छ पैसा ?”
दिदीले भन्दै थि :
तेसैको school fee का लागी भनेर जोगाको २० रुपैयाँ अनि तपाईको दबाईको लागी भनेर राखेको २० त छ नि !

आमाले फेरि भन्दै हुनुहुन्थ्यो :
“खड्काले बाकी दिदैन आधि किलो मासु ?
बेकारमा अस्ति घरको कुखुरा बेचियो ।”

दिदीले भनि :
कहा दिन्छ त्यस्ले बांकी !
फेरि दुई दिन नभई माग्न आईहाल्छ ।
का बाट तिर्नु फेरी !
त्यो कुखुरा बेचेर त अहिले सम्म मकैको भात खान पाइईएको छ नि ।

आमा, सुस्केरा हाल्दै :
“जिद्दी गर्छ भोलि ,‌मासु खै भनेर !
मेरो दबाई पछि किन्दा हुछ ।
भोलि बिहान २० रुपैयाँ को एक पाउ मासु लिएर आइज!” भन्दै आमा Bed तिर आउनु भयो ।

आमा आउनु भएको देखेर म निदाएको Acting गरे !
आमा सिरक आधी ओढेर खै के सोच्दै हुनुहुन्थ्यो !
म आमा‌तिर फर्किदै भने :
“आमा ! दशैंमा मासु खानै पर्ने हो र ?”

आमा झ्यास्स हुदै भन्नु भो :
“निदाको छैनस अझैं ?”
मैले जिद्दी गर्दै भने :
“भन्नु न आमा , दशैंमा मासु खानै पर्ने हो र ?

आमाले मेरो टाउको मुसार्दै भन्नु भो :
“सबैले खाने भएर , खानै पर्ने भएको होलानि बाबु !”
मैले भने :
“तेसो भए यो वर्ष हामी नखादा हुन्न र भन्या ?”

आमाले मेरो मुखमा एक टक हेर्दै भन्नु भो :
“तलाई खान मन लागेको छ , भन्या हैनस अगि ?”
मैले आमाको काखमा टाउको राख्दै भने :

” अगि तल्लो घरमा देख्या थिए मासु,
कस्तो उल्टि नै आयो !
त्यस्तो घिनलाग्दो मासु नखाने अब म !
त्यो मासु भन्दा हाम्रो घरको साग कति मिठो – मिठो !!
सागपात ले आंखा पनि त तेजिलो हुन्छ, हैन त आमा ?”

आमा मुस्कुराउदै भन्नु भयो :
“कति ग्यानी भा को छोरा ।

प्रतिक्रिया दिनुहोस