चीनिँया एएले बेजिङलाई व्यगं गरेर गीत गाउने गायकहरूको अकाउन्ट ब्लक गर्‍यो

मलेसियन र्यापर नविमी र ताइवानमा बस्ने अस्ट्रेलियन गायक किम् बर्ली चेनले मिलेर एउटा गीत गाएका थिए । उक्त गीतमा चीनको कम्युनिस्ट नेतृत्वलाई व्यगं गरिएको थियो । चीनको माइक्रोव्लगींग वेबसाइट सिनो बेबोले यी गायकहरूको अकाउन्ट ब्लक गरिदिएको छ ।

ताइवान न्युजका अनुसार नविमीले लेखेका उक्त गीतमा चीनका राष्ट्रपति सी जीगं पीगंको नेतृत्वमा उहिगुरका मुसलमानहरूमा भएको दमन, चीनका इन्टरनेट प्रयोगकर्ताहरू माथि सहजै गरिने अधिकार हनन लगायतका कुराहरू उल्लेख गरिएको छ ।

यस गीतमा चीनका सुप्रिमो नेता सि जीगं पीगंले अत्यधिक प्रयोग गर्ने कमन प्रस्पेरिटी अर्थात् साझा समृद्धिको नारालाई विशेष रूपमा व्यगं गरिएको छ । भिडियोमा नेपथ्यमा पान्डाहरू नाचेको दृश्य राखिएको छ, यस गीतमा गायकहरूले जनावरहरू प्रतिको माया दर्साउँदै चीनमा हुने कुकुर, बिरालो आदि अन्य जनावरहरू खाने चलनमाथि पनि व्यगं गरिएको थियो ।

यसरी तयार पारिएको गीतप्रति रुष्ट भएको चीनको नेतृत्वको इसारा अनुरूप सिनो बेबोले यी गायकहरूको अकाउन्ट ब्लक गरिदिएको छ ।

भर्खरै पीउ रिसर्च सेन्टरले गरेको एउटा अध्ययन अनुसार १७ वटा विकासोन्मुख देशका सहभागीहरू मध्य ६९ प्रतिशतले चीनमा व्यक्तिगत स्वतन्त्रता नभएको कुरामा सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस