अफगानिस्तानमा भएको बाल अधिकार हनन प्रति युनिसेफको गहिरो चिन्ता

आइतबार एउटा ट्विटमा युनिसेफले अफगानिस्तानमा भएको बाल अधिकार हनन प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । बालबालिकाले द्धन्दको मूल्य चुकाउने क्रम बन्द हुनुपर्ने र बालबालिका को सुरक्षा हुनपर्दछ भन्ने तर्कका साथ अफगानिस्तानको युनिसेफले ट्विट गरेको हो ।

अफगानिस्तानको नेतृत्वमा तालिबानहरू आएपछि त्यहाँ दिनहुँ जसो बाल अधिकार हनन र बाल हत्याका खबरहरू आइरहेका छन् । यी बाल अधिकार हननका घटनाहरूलाई ग्रेभ चाइल्ड राइट भायोलेशन अर्थात् बाल अधिकारको चिहान भनी सम्बोधन गरिएको छ ।

गत शुक्रवार काबुलको एउटा मस्जिदमा भएको आक्रमणमा २ जना १७ वर्षीय बालकका साथमा अन्य ४० जनाको हत्या भएको थियो । कान्दाहारको दक्षिणी भागमा भएको शिते मस्जिदमा यस हत्याकाण्ड भएको थियो । पछि आइसीस के भन्ने एउटा सङ्गठनले यस आक्रमण आफूले गरेको स्वीकार गरेको थियो ।

अफगानिस्तानका बालबालिकाहरूलाई शान्ति चाहिएको छ भन्दै युनिसेफले अफगानिस्तानमा भइरहेको खडेरी, बढ्दो खाद्यान्नको मूल्य र कोभिड १९ सङ्क्रमण जोखिमले त्यहाँका सर्वसाधारण र बालबालिकाको जीवन झनै त्रासमा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस