कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्तो छ प्रयोग गर्ने तरिका

कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्ताे छ तरिका ! दतिवन (अपमार्ग) को पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने ।

यसरी त-ता-उँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने ।

उक्त तेललाई बन्द सिसीमा राख्ने ।त्यसपछि २/२ थोपाका दरले दिनको ३ पटक कानमा राख्नाले कान दुखेको, कान पाकेको, बहिरोपना आदि रोगलाई ठिक गर्दछ । यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ र गिजालाई स्वस्थ राख्छ ।

यसको बीजलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ । भोक–तीर्खा हराउँछ, कामशक्ति बढ्दछ, कमजोरी हराउँछ । सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ ।

यो पनि पढ्नुस: रातभरि भिजाएको बदाम खानुहोस्, केही दिनमै मिल्नेछ आश्चर्यजनक लाभ:

जाडो मौसममा घाम ताप्दै बदाम खानको मज्जा नै बेग्लै हुन्छ जुन हर कोहीलाइ मनपर्छ। तर धेरैलाई थाहा भने नहोला कि यो बदाम खाँदा हाम्रो शरीरलाई फाईदै फाइदा छन्।

बदाम खाँदा सहि तरिका अपनाउन भने जरुरी छ साथै सतर्क हुन पनि जरुरी देखिन्छ। बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ ।

बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ। आउनुहोस चर्चा गरौ बदाम खाने तरिका र यसका फाईदाको बारेमाः

बदाम खाने सहि तरिका र सतर्कता:

हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो । विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ ।

त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ । तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरी समेत छ ।

बदामले शरीरलाई गर्मी समेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ । एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन ।

प्रतिक्रिया दिनुहोस