कुबेरको यसरी पुजा गर्नाले हुन्छ धनप्राप्ति, १३ गुण बढ्नेछ तपाईको आम्दानी

काठमाडौँ । धनतेरसको पर्व दिपावलीको चाडभन्दा पहिले मनाइन्छ।हिन्दु धर्ममा यस चाडको पनि विशेष महत्त्व रहेको छ। धनतेरसको चाडमा विशेष गरी देवी लक्ष्मी, कुबेर महाराज र धन्वंतरी महाराजको पनि पूजा गरिन्छ। धर्मशास्त्रका अनुसार, भनिन्छ कि यस दिन धन्वंतरी महाराजको पूजा गर्दा धनवंतरी महाराज अत्यन्तै खुसी हुन्छन् र पैसा सम्बन्धी सबै समस्याहरूलाई हटाउँदछन्। यस चाड अघि घर सफा गर्नु धेरै महत्त्वपूर्ण छ, तब मात्र माता लक्ष्मी घरमा प्रवेश गर्दछिन् ।

सफाईको क्रममा, घरको कुन भागमा सफा गर्नु धेरै महत्त्वपूर्ण छ, आउनुहोस् जानौँ
घरको ईशान कोण जसलाई नर्थ ईस्ट पनि भनिन्छ । घरको पुर्व दिशा, घरको उत्तर दिशा र घरको बह्रा स्थान मतलब बीचको स्थानलाई सफा गर्नु अत्यन्तै आवश्यक हुन्छ । तब मात्र घरमा सकरात्मक उर्जाको बास हुन्छ ।

गंगाजल छर्कनुहोस्
भाँडामा गंगाको पानी लिनुहोस् र घरको उत्तर दिशामा छर्कनुहोस्। यस बाहेक, तपाईंले गंगाको पानी घरको छानामा पनि छर्नुपर्छ, यसो गर्दा घरमा कुबेरको आगमन हुन्छ भन्ने मान्यता छ ।

झाडू ठीकसँग राख्नुहोस्
जब तपाईं घरमा झाड़ू राख्नुहुन्छ, त्यसलाई अगाडि र ठडाएर नराख्नुहोस्, भनिन्छ कि यस प्रकारले झाडू राख्नाले घरको सम्पत्ति नष्ट हुन्छ, त्यसैले सँधै यसलाई सुताएर र लुकाएर राख्नुपर्छ ।

कृपया धनतेरसमा तेलका बत्तीहरू जलाउनुहोस्
धार्मिक शास्त्रअनुसार यस्तो मान्यता छ कि धनतेरसको दिनमा तेलको ५ दियो बाल्नुपर्दछ । एक दियो तुलसीको छेउमा, एक दियो पानीको भाँडोको नजिक, एक दियो कुबेर को नाममा एक दियो माता लक्ष्मी र एक दियो यम देवताकाने नाममा जलाउनुपर्दछ ।

तपाईले यो कुरालाई ध्यानमा राख्नुहोस् कि चारमुख वाला दियो यम देवताको नाममा जलाउनुपर्दछ । यमदेवताको पूजाले अकाल मृत्युको डरलाई हटाउँदछ। चारवटा मुखकाको बत्ती यमदेवको बत्ती हो किनकि यो बत्तीले चारै दिशालाई सुरक्षित राख्छ।
सोत्र (सत्यसमाचार हिन्दी)

प्रतिक्रिया दिनुहोस