एउटा बाइकमा सवार थिए पाँच व्यक्ति, पुलिसले कारवाहीको साटो यसो पो गरे

नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ?

आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका छन् जसले बाइकमा पाँच व्यक्ति बसाएका यात्रा गरिरहेका एक पुरुषलाई नमस्कार गरिरहेका थिए । उनका अनुसार ती पुलिसले बाइक चलाइरहेका व्यक्तिलाई नमस्कार गरेर अबदेखि ट्राफिक नियमको पालना गर्न अपिल गरे ।

अभिषेकले लेखे, ‘यी अधिकारी अरु के गर्न सक्थे । हामीसँग सधैं एक सुरक्षित तरिका हुन्छ । तपाईं पनि सुरक्षित तरिका अपनाउनुस् र सुरक्षित रहनुस् ।’अभिषेकको यो ट्वीट हेर्दा हेर्दै भाइरल भयो । उनको यो ट्वीट अहिलेसम्म १७ हजारभन्दा धेरै मानिसले रिट्वीट गरेका छन् भने करिब ३१ सयले लाइक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस