आफ्ना खुट्टा पानीमा डुबाएर बसेकी युवतीको औंला नै माछाले लगेपछी

काठमाडौं, जब मानिसहरू पोखरी वा खोलाको छेउमा घुम्न जान्छन्, उनीहरू प्रायः आफ्नो खुट्टा डुबाएर बस्छन् ।

धेरै पटक यस्तो हुन्छ कि त्यस समयमा उनीहरु कुनै न कुनै खतरामा हुन्छन् । त्यस्तै एउटा घटना सार्वजनिक भएको छ । पानीमा आफ्ना खुट्टा डुबाएर बसेकी युवतीको औंला नै माछाले लगेको हो ।

जब उनले आफ्नो खुट्टा पानीमा हालिन्, तब उनको औंला हरायो । वास्तवमा यो घटना अर्जेन्टिनाको सान्ता फेको हो । ‘द मिरर’को अनलाइन रिपोर्टका अनुसार त्यहाँ रहेको पराना नदीको किनारमा एक १३ वर्षीया बालिका आफ्नो परिवारसँग बसिरहेकी थिइन् ।

खोलामा खुट्टा डुबाएर घामको आनन्द लिदै गर्दा एउटा ठुलो पिराना माछा आएर बालिकाको खुट्टाको औला लग्यो ।

जानकारी अनुसार बालिकाले आफ्नो खुट्टा निकाल्दा उनको औंला थिएन् । यो खतरनाक माछाले युवतीको औंला खुट्टाबाट अलग पारिदियो । उनलाई तत्काल अस्पताल लगियो ।

यो घटना देख्नेहरुले त्यहाँ नदीमा नुहाउन जाने मानिसहरु नुहाउने बित्तिकै बाहिर निस्किए । स्थानीयका अनुसार ज्यानलाई खतरा हुँदैन तर धेरैबेर पानीमा बसेमा माछाले अंग खाइदिने सम्भावना हुन्छ ।

उक्त माछाले त्यस क्षेत्रका धेरैलाई सताएको छ । मान्छेलाई सो माछाले बारम्बार असर गर्छ ।

यो माछा उच्च तापक्रम र उथले पानी भएको ठाउँमा बढी बस्छ जहाँ मानिसहरू प्रायः घुम्छन् । पिराना धेरै खतरनाक शिकारी माछा हो, उनीहरूसँग धेरै तीखा दाँत हुन्छन् ।

प्रतिक्रिया दिनुहोस