करिश्मा मानन्धरले कक्षा १२ पास गर्दा कति ल्याइन् जीपीए ? अबको योजना बारे यसरी खुलाइन्

काठमाडौ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन्। करिश्माले २।४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा पास गरेकी छन् ।
गत भदौँ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको हो। परीक्षाफल सन्तोषजनक रहेको उनको भनाई छ।

‘१२ पास हुँदा निकै खुशी लागिरहेको छ। कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन भएको थिएन्। साथै अनलाइन क्लासमा पनि त्यति उपस्थित भएकी थिइन्। जसकारण यसपटक धेरै अपेक्षा थिएन। तर, राम्रै नतिजा आएको रहेछ। दुईटा विषयमा त ए प्लस आएको छ,’ उनले भनिन्।

आगामी दिनहरुमा पनि पढाईलाई निरन्तरता दिने सोच रहेको उनले बताइन्। स्नातक तहमा मानविकी संकायमा समाजशास्त्र वा ग्रामीण विकासमध्ये एउटा विषय छनोट गरेर पढ्ने सोच रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस