सुन्दा अचम्म लाग्न सक्छ, खेतमा ब्रोकाउली टिपेको तलब १ करोड रुपैयाँ, दिनको ८ घण्टा काम, हप्तामा २ दिन विदा

खेतमा ब्रोकाउली टिप्ने मजदुरलाई १ करोड रुपैयाँ पारिश्रमिक दिने कुरा सुन्दा हामी अचम्ममा पर्छौं ।तर, यो साँचो हो । दिनमा ८ घण्टा काम र हप्तामा २ दिन विदा लिएर समेत ब्रोकाउली टिप्ने मजदुरले वर्षमा १ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् । यो अफर बेलायतको एक कम्पनीले दिएको हो ।

बेलायती अखबार डेली एक्सप्रेसका अनुसार इङल्याण्डको लिंकनशायरको यो कम्पनीले कर्मचारीको अभाव भएपछि तरकारी टिप्ने मजदुरलाई मोटो रकम अफर गरेको हो । टिएच क्लेमेन्ट्स नामको यो कम्पनीले मजदुरहरुलाई प्रतिघण्टा ३० पाउण्ड अर्थात ४ हजार ८ सय नेपाली रुपैयाँ अफर गरेको छ ।

यस हिसाबले दिनमा ८ घण्टा काम गर्दा मजदुरले २४० पाउण्ड कमाउँछन् । हप्तामा २ दिन विदा लिएर ५ दिन मात्र काम गर्दा पनि उनीहरुले हप्तामा १२०० पाउण्ड कमाउँछन् । वर्षका कूल ५२ हप्ता काम गर्दा उनीहरुले ६२ हजार ४ सय पाउण्ड कमाउँछन् जुन नेपाली १ करोड रुपैयाँ बराबर हो ।

बेलायतको प्रमुख खाद्य आपूर्तिकर्ता तथा सुपरमार्केटहरुलाई ब्रोकाउली र ब्रसेल्स स्प्राउट आपूर्ति गर्ने यो कम्पनीले मजदुर भर्ती गर्नको लागि सूचना निकालेको छ ।

सूचनामा मजदुरले प्रतिघण्टा ३० पाउण्डसम्म पाउने बताइएको छ । कम्पनीले सामाजिक संजालमा पोस्ट गरेको तस्वीरमा खेतबाट विदा भएर जाँदै गरेका मजदुरलाई आइसक्रिम खुवाइएको देख्न सकिन्छ । डिसी नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया दिनुहोस